गीत– जलेपछि

यो शरिर मुढा बनि माटो माथि ढलेपछि,
तिम्रो मनमा शान्ति मिल्ला मेरो चिता जलेपछि ।

आफू खाली बनि बनि तिम्लाई खुशी सुम्पेको’थे,
बेहोसीमा तिमी ढल्दा आफ्नै आँसु छम्केको’थे ।
बैगुनी भै गुणलाई खायौ तिम्रो हैकम चलेपछि,
तिम्रो मनमा शान्ति मिल्ला मेरो चिता जलेपछि ।

माया गर्ने मुटूलाईनै टुक्रा पारी हाँस्न हाँस्यौ,
त्यहि मुटूलाई दुखोस भन्दै पराईसँग नाता गाँस्यौ ।
मन खोली हाँस्नु तिमी मेरो लास चलेपछि,
तिम्रो मनमा शान्ति मिल्ला मेरो चिता जलेपछि ।।

२२ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment