गजल

अभावभरी मेरो डोल्पा खारा रुन्छ,
सौतेलो छ कानून भन्दै बारा रुन्छ ।

नाम’कैमात्र जलश्रोतको धनी अरे,
खडेरीमा हर बस्तिका धारा रुन्छ ।

हेलामा छ सम्पदाकै आँचल पनि,
मेची काली फेवा अनि रारा रुन्छ ।

हिंसा जम्दा शान्ति-भूमी माटोभरी
पूर्खाले सुम्पिएका अभिभारा रुन्छ ।

कर्तुत छाम्दै, हुतीहारा सन्ततीको,
आमाको प्रशवसँगै जूनतारा रुन्छ ।।

0 comments

Post a Comment