गीत– मेरो संसार

माया गर्ने यो मुटूलाई निफनेरै फाल्यौ किन ?
तिमीनै’थ्यौ मेरो संसार मेरो विश्वास ढाल्यौ किन ?

आकाशबाट तारा खस्दा तिम्रै नाम जप्दै माग्थे,
तिम्रो बारे कुरा काट्दा काट्नेमाथि खोइरो लाग्थे ।
दोबाटोमा पर्ख भन्दै अर्कै यात्रा थाल्यौ किन ?
तिमीनै’थ्यौ मेरो संसार मेरो विश्वास ढाल्यौ किन ?

शीशा सरि टुटे खुशी खरानी भो मेरो आशा,
बुझिनछु कलियुगमा पिरतीको जाली भाषा ।
मेरो मुटू टुक्रा पारी अर्कै मुटू टाल्यौ किन,
तिमीनै’थ्यौ मेरो संसार मेरो विश्वास ढाल्यौ किन ?

२१ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment