गजल
निदाओस् या जागोस् रात मेरै हो,
कालो रात उखाल्ने प्रभात मेरै हो ।
जाउन हतार हुनेले मलाई छाडेर,
किन पो सुर्ताउनु आजात मेरै हो ।
भो मख्ख नपर लुटे उस्लाई भनि,
माटोमा सुन उमार्ने, हात मेरै हो ।
तिम्रा तिरस्कार पिए पचाए र त,
बाँच्न सिकाउने त्यो, घात मेरै हो ।
खोज हो जिन्दगी, खोज्नु पर्छ नै,
भोगाइले बोल्ने यी, बात मेरै हो ।।
कालो रात उखाल्ने प्रभात मेरै हो ।
जाउन हतार हुनेले मलाई छाडेर,
किन पो सुर्ताउनु आजात मेरै हो ।
भो मख्ख नपर लुटे उस्लाई भनि,
माटोमा सुन उमार्ने, हात मेरै हो ।
तिम्रा तिरस्कार पिए पचाए र त,
बाँच्न सिकाउने त्यो, घात मेरै हो ।
खोज हो जिन्दगी, खोज्नु पर्छ नै,
भोगाइले बोल्ने यी, बात मेरै हो ।।
0 comments