गीत– यो चोलामा
काँडासँग होईन जीवन फूलसँग दाँज्नु पर्छ,
एकैबारको यो चोलामा धित मारेर हाँस्नु पर्छ ।
घामै घामको आशा राखि हाम्ले यात्रा थाल्नु हुन्न,
दुनियालाई जित्छु भन्र्द गलत पाईला चाल्नु हुन्न ।
आफ्ना लागि सबै बाँच्छन् अरुको भै बाँच्नु पर्छ,

पाप यहाँ पखालिन्न चारै धाम धाए पनि,
घरै बसि पुण्य मिल्छ दियौ भने दानी बनि ।
लोभ पाल्न खोज्ने मनलाई आजैबाट भाँच्नु पर्छ,
एकैबारको यो चोलामा धित मारेर हाँस्नु पर्छ ।।
२२ मंसिर २०६८
काठमाडौं ।

0 comments