लोभी आँखा मेटाएर

मनको मैलो हटाएर तिमी बाँची हेर,
लोभी आँखा मेटाएर तिमी नाची हेर ।

दुईदिने जिन्दगीको मूल्य जान्यौ भने,
युगौ–युग बाँच्न सक्छौ मरि गए पनि ।
आफूभित्र दागबाँकी छ’कि जाँची हेर,
लोभी आँखा मेटाएर तिमी नाची हेर ।

दुनियाँमा पर्दा हालि मरि लानु के छ ?
यहाँ सबै हाँस्नु पर्छ बाँडि खा'कै बेस ।
भोलि पनि हाँस्नु पर्छ खुशी साँची हेर,
लोभी आँखा मेटाएर तिमी नाची हेर ।।

रचनाकाल : १७ बैशाख २०६८
दोहा, कतार ।

1 comments

मनको मैलो हटाएर तिमी बाँची हेर,
लोभी आँखा मेटाएर तिमी नाची हेर । ... निकै राम्रो भानु जी !

Post a Comment