माया यस्तो नहोस्

दुई शब्द्धबाट बनेको यो मायाले मान्छेको जिन्दगीमा धेरै फरक पार्दो रहेछ । फरक पार्नु–ले होला स्वर सम्राट स्व नारायण गोपालले गीत मार्फत भनेका छन् ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । सिक्काको दुई पाटो भएझै मायाको पनि देखिने दुई पाटो हुने रहेछ । मायाले ज्यान दिन्छ ÷लिन्छ पनि । यस्को प्रमाणहरु थुप्रैछन् हाम्रो समाजमा । केहि दिन अगाडीमात्र एक प्रेमिल जोडिले संयुक्त आत्महत्या गरेको खवर सुनियो । हामीले यो प्रेमिल जोडिलाई के भनेर सम्झने ? उनीहरुको निश्वार्थ सर्मपणलाई के नाम दिने ? मेरो स्वकियतामा हामीले यो प्रेमलाई दुईटा नाम दिन सक्छौ । पहिलो ज्यान जए पनि वचन जान नदिने वचनका पक्का, यो स्वार्थी संसारमा निःश्वार्थ माया गर्ने महान दिलका धनी । दोश्रो वैकल्पिक मार्गहरु प्रशस्त हुदाँहुदै पनि जिन्दगीलाई सस्तो ठान्ने, जीवनसँग संघर्ष गर्न नसकि आवेशमा आएर मृत्युको सजिलो बाटो रोज्ने कायर ।
मायाको लागि ज्यानको आहुती दिनु महान कार्य हो । एक अर्को विचमा गरेको वाचा पुरा गर्न मृत्यू सम्मको बाटो सजिलै पार गरे । हो माया यस्तै हुनु पर्छ । बराबरी माया भएपछि यस्तै हुन्छ । आजको यो स्वार्थी युगमा यसरी बराबरी माया गर्ने प्रेमिल मनहरुको अनिकालनै छ । उनीहरुले गरेका वाचाहरु ‘यो त सब भन्ने कुरा न हो’ मा समाप्त भएन । यो त गर्ने कुरा हो मा लगेर समाप्त गरे । यो अर्थमा ती प्रेमिल जोडिलाई सलाम गर्नै पर्छ । तर मृत्यु नै समस्याको समाधान भने होईन । उनीहरु सँग थुप्रै वैकल्पिक बाटोहरु थिए । त्यो पल उनीहरुले अरु वैकल्पिक बाटोहरु खोज्न सक्नु पर्ने थियो । दुई मुटू एक भए पछि कसैको पनि जोर चल्दैन भन्ने कुरालाई भूलेर मृत्युनै समाधान हो भन्नु हुने थिएन । यो संसार माया र विश्वासमा अडिएको छ । जहाँ माया र विश्वास हुन्छ त्यहाँ सबै सम्भव हुन्छ । उनीहरुले पनि मायामा सबै सम्भव पार्न अलिकति परिश्रम गर्न सक्नु पर्ने थियो । हामीले मरेर होईन सँगै बाचेर चोखो मायाको नमुना बन्नु पर्छ भन्ने कुरालाई एक पल्टमात्र स्मरण गर्न सक्नु पर्ने थियो । यदि त्यसो गर्ने सकेको भए सायद मृत्यु त्यति प्यारो बन्ने थिएन होला । माया त पवित्र गरे तर मृत्युको सजिलो बाटो रोजेर मायाको सस्तो बदनाम गरे । आफू त सजिलो बाटो लागे तर आफ्नो परिवारलाई आँसुमा डुवाए ।
संयुक्त आत्महत्याको खवर सेलाउन नपाउदै प्रेमीले प्रेमिकाको हत्या गरेका अर्को खवर आयो । खै यो कस्तो माया होला ? आफूले माया गरेको मान्छेलाई कसरी हत्या गर्न सक्यो होला । हत्या गर्नुको कारण जे जस्तो भए पनि यो मायाको नाममा कलंक हो भन्छु म । कसैको मायामा माथिका दुबै खाले मोडहरु नआउन् । माया शब्द्धै मीठो र पवित्र छ माया यस्तै मीठो र पवित्र बनाउनु पर्छ । माया फेसन ठानिनु–ले या मायामा बदलाको भावना बोकिनु–ले आफ्नै प्रेमिकाको हत्या गर्न अग्रसर भएको हुनुपर्छ भन्ने मेरो बुझाई छ । पवित्र र किम्ती माया भिजलान्तेहरुको कारण अपवित्र र सस्तो भएको छ हाम्रो समाजमा । माया न त बलले हुन्छ न त करले न त धन सम्पतिले किन्नेर हुन्छ । हो माया त आफै हुन्छ दुई मुटू एक भएपछि । मुटू एक भएपछि फेरि दुईटा बनाउने भूल हामी कसैबाट पनि नहोस् । हामीले यसो गरेको खण्डमा मात्र माया माया भएर जुगौँ जुग बाँच्ने छ ।
माया किन गर्ने ? के का लागि गर्ने ? कति सम्म गर्ने र कस्तो माया गर्ने ? कसैसँग माया गर्नु भन्दा पहिले यो सोच्नु जरुरी छ । कसैको हराभरा जिन्दगी मरुभुमी बन्ने कारण नबनोस आफ्नो माया । बनोस त केवल कसैको मरुभुमी जिन्दगी हराभरा । सपना बाँड्न र वाचा गर्न सजिलो छ । जति सजिलो बाँड्न र गर्नमा छ त्यो भन्दा हजारौ गुणा बढि गारो छ त्यसलाई सार्थक बनाउन । यदि आफूसँग ज्यान गए पनि वचन जान नदिने क्षमता छ भने मात्र कसैसँग माया गर्नु, कसैलाई सपना देखाउनु र कसैसँग जूनी जूनी साथ दिने वाचा गर्नु । साँचो र चोखो मायाले माग्ने कुरा पनि यहि हो । मायामा स्वार्थ भएन भने मात्र त्यो माया माया हुन्छ । स्वार्थ बोकेर माया गर्दै नगर्नु । त्यस्ता मायाको अन्तिम परिणम जे पनि हुन सक्छ । हामी कोही कसैलाई पनि अधिकार छैन कोहि कसैको भावनासँग खेल्ने । दुईदिन बाँच्नका लागि हामीले भूलेर पनि झेली माया गर्नु हुन्न । त्यसैले म भन्छु हे युवा मनहरु माया गर्नु भन्दा पहिले आफूलाई परिपक्को बनाउ । आफू मरे पनि नमर्ने माया लगाउ ।

0 comments

Post a Comment