कविता— प्रणय दिवस
मध्यघाम लागेको दिन
बर्षात हुने तिम्रो शहरमा
बलात्कृत सपनाकाहरुका
एक ढाकर रहर बोकेर
बर्षात हुने तिम्रो शहरमा
बलात्कृत सपनाकाहरुका
एक ढाकर रहर बोकेर
तिमी नै भन—
म कसरी मनाउन सक्छु ?
यो प्रणय उत्सव ।
पोहोरबाट—
यो साल हुन नपाउँदै
नफूल्दै ओईली झरेको
एकाध बसन्तको सम्बन्ध
यलाखम बस्तितिर
एकाकार भएर डुलेको
पदचापका डोबहरु नमेटिदै
हावाको बेगमा आयो प्रेम दिवस
र, भङ्गालो बनेर छुट्टियो
ऐ इम्पी !
तिमी नै भन अन्तै–अर्कैसँग
म कसरी मनाउ प्रणय उत्सव ।
हिजोआज—
सपना पनि कस्तो अभासी देख्छु
कि—धमिलो पानी पिउदै गरेको
हिड्दा—हिड्दै बाटो रित्यिएको
हाँगाबाट फूल झरेको
भो इम्पी !
मेरो लागि कहिल्यै नआवोस्
यो मेरो मन रुवाउने
प्रणय दिवस ।
म कसरी मनाउन सक्छु ?
यो प्रणय उत्सव ।
पोहोरबाट—
यो साल हुन नपाउँदै
नफूल्दै ओईली झरेको
एकाध बसन्तको सम्बन्ध
यलाखम बस्तितिर
एकाकार भएर डुलेको
पदचापका डोबहरु नमेटिदै
हावाको बेगमा आयो प्रेम दिवस
र, भङ्गालो बनेर छुट्टियो
ऐ इम्पी !
तिमी नै भन अन्तै–अर्कैसँग
म कसरी मनाउ प्रणय उत्सव ।
हिजोआज—
सपना पनि कस्तो अभासी देख्छु
कि—धमिलो पानी पिउदै गरेको
हिड्दा—हिड्दै बाटो रित्यिएको
हाँगाबाट फूल झरेको
भो इम्पी !
मेरो लागि कहिल्यै नआवोस्
यो मेरो मन रुवाउने
प्रणय दिवस ।
0 comments