कविता- हो म प्रलय चाहन्छु
समवेदनाका
अनिकाले बस्तिबाट
म कत्ति नियालूँ ?
रंगीन दुनियाँका बेरंगीन ताण्डवहरू ।
हिजोआज-
फोहोरी मनको जंगलले
दुर्गन्धित पारेको छ
मेरो सुन्दर सुगन्धित बाटो र माटो ।
यहाँ,
एकान्त र एक्लोपनका
फाईदा असुल्दै
कोमल फूल लुछेर
आफुलाई बहादुर ठान्छ गिद्दहरू ।
पहाड जस्तै विश्वासका पिठमा छुरा धसेर
विजयोत्सव मनाउछ रछ्यानहरू ।
हो
यो गोल भूगोलका
हरेक बस्तिमा
सहकाल छ यस्तै दुर्गन्धहरू ।
गस्ति गर्देछ
गिद्द र रछ्यानका बगालहरू ।
र त
दुर्गन्धित बन्नुको प्रसवमा
दुःखी रहेको छ
मेरो बाटो र माटो ।
देखेकोछु
शक्ति र पैसाको ओट हालेर
कालोलाई सेतो
सेतोलाई कालो भनेको ।
पीडित होईन पिडकलाई
कानूनले मलमपट्टी गरेको ।
र यो पनि देखेकोछु
तेरो र मेरोमा
बिभाजित मस्तिष्कहरू
फगत जीतको होडमा दगुरी रहेका
आफू जस्तैका सिकार गर्न ।
हे इंगी होपो
हे चुप्लू होपो
हे पार्मोसिरि
प्रलयको कामना गरी रहेकोछु
हो
म प्रलय प्रेममा छु
ईष्ट देवतासंग भाकल गरिरहेकोछु ।
अब यहाँ
ठुलो प्रलय ल्याऊ
सखाप पार
-गिद्दहरू
-रछ्यानहरू
-लुते र बिकाऊहरू
-बिभाजित मस्तिष्कहरू
-मान्छेका सिकार गर्ने अस्त्रहरू
-समवेदना रहित बस्तिहरू ।
तब मात्र
मेरो बाटो र माटोले काँचुली फेर्ला
र
आदिम बस्तिको सुगन्ध फर्केर आउला
अनि पो माटोमा
हाम्रो अस्तित्व जीवत रहला अनन्त अनन्तसम्म ।
अनिकाले बस्तिबाट
म कत्ति नियालूँ ?
रंगीन दुनियाँका बेरंगीन ताण्डवहरू ।
हिजोआज-
फोहोरी मनको जंगलले
दुर्गन्धित पारेको छ
मेरो सुन्दर सुगन्धित बाटो र माटो ।
यहाँ,
एकान्त र एक्लोपनका
फाईदा असुल्दै
कोमल फूल लुछेर
आफुलाई बहादुर ठान्छ गिद्दहरू ।
पहाड जस्तै विश्वासका पिठमा छुरा धसेर
विजयोत्सव मनाउछ रछ्यानहरू ।
हो
यो गोल भूगोलका
हरेक बस्तिमा
सहकाल छ यस्तै दुर्गन्धहरू ।
गस्ति गर्देछ
गिद्द र रछ्यानका बगालहरू ।
र त
दुर्गन्धित बन्नुको प्रसवमा
दुःखी रहेको छ
मेरो बाटो र माटो ।
देखेकोछु
शक्ति र पैसाको ओट हालेर
कालोलाई सेतो
सेतोलाई कालो भनेको ।
पीडित होईन पिडकलाई
कानूनले मलमपट्टी गरेको ।
र यो पनि देखेकोछु
तेरो र मेरोमा
बिभाजित मस्तिष्कहरू
फगत जीतको होडमा दगुरी रहेका
आफू जस्तैका सिकार गर्न ।
हे इंगी होपो
हे चुप्लू होपो
हे पार्मोसिरि
प्रलयको कामना गरी रहेकोछु
हो
म प्रलय प्रेममा छु
ईष्ट देवतासंग भाकल गरिरहेकोछु ।
अब यहाँ
ठुलो प्रलय ल्याऊ
सखाप पार
-गिद्दहरू
-रछ्यानहरू
-लुते र बिकाऊहरू
-बिभाजित मस्तिष्कहरू
-मान्छेका सिकार गर्ने अस्त्रहरू
-समवेदना रहित बस्तिहरू ।
तब मात्र
मेरो बाटो र माटोले काँचुली फेर्ला
र
आदिम बस्तिको सुगन्ध फर्केर आउला
अनि पो माटोमा
हाम्रो अस्तित्व जीवत रहला अनन्त अनन्तसम्म ।
0 comments