तीन मुक्तक

हाम्रो भेट नहुनु’थ्यो भयो माया बस्यो,
नचाहेरै नाता टुट्यो मेरो आँसु खस्यो ।
रमाईला थिए नानु मिलनका ती दिन,
खुशीले’नि मुखै मोड्दै दुलोभित्रै पस्यो ।।१।।

छल्किदैछ नयनभरि तिर्सनाका छालहरु,
टल्किदैछ परेलीमा आँसु जम्ने तालहरु ।
यो जिन्दगी भताभुङ्ग भए जस्तो लाग्छ,
पल्किदैछ भन्छ मनले प्राणहर्न कालहरु ।।२।।

तिम्ले दुरी बढाउँदैछौ मनले तिमी माग्छ,
किन किन यो धर्तीमा तिमी प्यारो लाग्छ ।
यो मायाले कस्तो मोडमा ल्यायो आजहेर,
हाँस्न खोज्दा मुस्कान पनि पर पर भाग्छ ।।३।।

0 comments

Post a Comment