भूल भए माफ गर
अतितले विजाउला, दिलबाटै साफ गर,
सहयात्रा गर्ने बेला, भूल भए माफ गर ।
फूल्न खोज्ने सपनामा, अधेरीका रात दियौ,
मायाँ गर्ने बहानामा, नादानीले घात दियौ !
विश्वासीकै जीवनमा, बनावटी बात दियौ,
तरपनि धन्य भन्छु, आजसम्म साथ दियौ ।
अतितले विजाउला, दिलबाटै साफ गर,
सहयात्रा गर्ने बेला, भूल भए माफ गर ।
भोलिबाट हाम्रो यात्रा, दोबाटोमा छुटिनेछ,
हिजोसम्म थियो नाता, भोलिबाट मेटिनेछ !
साथ हुदा मायाँगर्थे, छाड्यौ भनि थुक्ने छैन,
सधै तिमी मुस्कुराउ, तिमी फूल्दा दुख्ने छैन ।
अतितले विजाउला, दिलबाटै साफ गर,
सहयात्रा गर्ने बेला, भूल भए माफ गर ॥
रचनाकाल :१२ अक्टोवर २०१०
दोहा कतार ।
0 comments