लयमा नेपाली गजल लेखन -घनेन्द्र ओझा
लय (शास्त्रीय छन्द, बहर, लोकलय, उच्चार्य सममात्रिक लय र आक्षरिक लय) मा नेपाली गजललेखन
-घनेन्द्र ओझा
प्रस्तुत लेख घनेन्द्र ओझाको सैद्धान्तिक समालोचनात्मक पुस्तक नेपाली गजल सिद्धान्त र विवेचना, २०६७ बाट साभार गरिएको हो ।
-घनेन्द्र ओझा
प्रस्तुत लेख घनेन्द्र ओझाको सैद्धान्तिक समालोचनात्मक पुस्तक नेपाली गजल सिद्धान्त र विवेचना, २०६७ बाट साभार गरिएको हो ।
लय परिचय :- लय भन्नाले कुनै कुरा पढ्दा या उच्चारण गर्दा उत्पन्न हुने स्वाभाविक प्रवाह हो । कुनै कुरा सललल बगेर कतै पनि अप्ठ्यारो नमानी पढ्न या उच्चारण गर्न सकिन्छ भने त्यहाँ स्वाभाविक रूपमा लय उत्पन्न हुन्छ । कुनै पनि पाठको यति ९विश्राम० र गति ९पढ्दा उत्पन्न हुने स्वाभाविक प्रवाह० को उचित संयोजनबाट लय उत्पन्न हुन्छ । लय उत्पन्न हुने विभिन्न कारण हुन सक्छन् । शब्दचयन, लेखनकला, अनुप्रासयोजना, अक्षररमात्राको एकरूपता आदिले पाठमा लय उत्पन्न गराउने गर्दछन् । यस लेखमा अक्षररमात्राको एकरूपताबाट कसरी लय उत्पन्न हुन्छ ? भन्ने बारेमा उल्लेख गर्दै नेपाली गजलमा लयको प्रयोग र परम्पराबारे केही चर्चा गरिएको छ ।
गजल मूलतः गेय विधा हो । गजल गेय विधा हुनुको अर्थमा यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिदैन । लयलाई बुझाउने धेरै शब्दहरू छन् । बहर, छन्द, लय, मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरू हुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमाचाहि गजल आवद्ध हुनै पर्दछ । गजलको उत्पत्तिताका पाठ्य या श्रव्य विधाका रूपमा लोकप्रियता कमाएको गजल आधुनिक वर्तमानमा गेय विधाका रूपमा सुपरिचित छ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवा सय वर्ष बितिसक्दा पनि चित्त बुझ्दो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरूले । यसका साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो भन्न सकिन्छ । यसको उदाहरणका रूपमा अहिले पनि आधुनिक सुगम सङ्गीतकै शैलीमा गजललाई सङ्गीत गर्ने र गाउने प्रवृत्तिलाई लिन सकिन्छ । कतिपय सञ्चारमाध्यमले अझै पनि राग अलापेर गाइएका गीतहरूलाई गजल भनेर बजाउँदै पनि आएका छन् । गजल गेय विधा हो, तर यसको मतलब गजल गीत होइन, न त यो कविता नै हो । गजलको आफ्नै छुट्टै संरचना हुन्छ, गजललेखनको प्रविधि हुन्छ । गजल गायनको पनि आफ्नै विशिष्ट प्रकारको शैली हुन्छ । यो कुरालाई नबुझेर हो या बुझ्ने कोसिस नै नगरेर नेपालका सङ्गीतकर्मी, गायकहरूले गजलका नाममा गजलइतर रचना गाइरहेका पाइन्छ ।
त्यसो त गजललेखकमा पनि पर्याप्त सजगता अझै पाइदैन । रदिफ र काफिया मिलाएर लेख्ने सिकारुहरू एकातिर छन् भने रदिफ र काफियासमेत छुट्याउन नजान्नेहरू पनि गजल नामका सिर्जना लेखेर गजल भनेर गवाउदै छन् । यो हरेक सचेत गजलर्सजक, सङ्गीतकर्मी र गायकले बुझ्नुपर्ने कुरा हो । यसप्रति अबका दिनमा सबैले सचेत हुनै पर्दछ । यहाँ गजलमा लय वा छन्दविधानको कुरा गर्दा गायनको यो सर्न्दर्भ जोडिन पुगेको हो ।
गजलमा लय अनिवार्य छ तर बहर या छन्दमा लेख्दा मात्र गजल लयात्मक अथवा गेयात्मक हुन सक्छ भन्ने सोच भने ज्यादै अतिवादी सोच हो । बहर या छन्दमा लेखिएका गजल स्वाभाविक रूपमै लयबद्ध हुन्छन् तर स्वतन्त्र लयमा लेखिएका गजल पनि कम सशक्त भने हुँदैनन् । गजलमा लयविधानको कुरा गर्दा लय निर्माण र प्रयोगको शिल्पबारे केही चर्चा गर्नु उपयुक्त होला ।
गजल गेय विधा भएका कारण यो लयबद्ध हुनै पर्छ, चाहे छन्द (बहर० या सममात्रा जेसुकै लयविधानलाई अ“गाले पनि । छन्द या बहरमा लेख्नु आफैँमा सिर्जना लयबद्ध हुनु हो ९पछिल्लो खण्डमा यसबारे बिस्तृत चर्चा गरिएको छ० । तर सबै गजल छन्द या बहरमा नै लेखिनुपर्छ भन्ने आग्रह भ्रामक र अतिसयोक्तिपूर्ण हो । यसको मतलब जे पायो त्यही ढङ्गमा, केवल भावपूर्ण प्रभावकारी बनाउने नाउँमा कुनै पङ्क्ति १९ मात्राको र कुनै १४ मात्राको बनाउनु भन्नेचाहिँ कदापि होइन । शास्त्रीय बहर या छन्दमा लेख्न नसक्ने या नरुचाउनेले पनि गजल लेख्दा निश्चित लयचाहिँ अवलम्बन गर्नै पर्छ । समान मात्राद्वारा निर्मित यस्तो लयलाई सममात्रिक लय पनि भन्ने गरिन्छ । यहाँ पनि के स्पष्ट हुनु जरुरी छ भने कसैकसैले सममात्रिक लयमा गजल लेख्न खोजेका छन् तर सममात्राका आधार अक्षर सङ्ख्या (वर्ण)लाई मान्ने गरिएको पाइन्छ । यो किसिमको लय सममात्रिक लय होइन । सममात्रिक लय वर्णको उच्चारण या उच्चार्य वर्णसँग सम्बन्धित हुन्छ । जस्तो,
क) कूपमन्डुक जमातमा के खोज्छौ भाइ परिचय ?
थुन्न त्र्रिा पहिचान पिँजडा हुन्छन् सहरमा । -प्रभाती किरण, विचारका भग्नावशेष
ख) मनहरूमा सूर्यकिरण र्छर्नुपर्ने थियो,
अँध्याराका उचाइहरू होच्याएर आएँ । -जीत कार्की
उल्लिखित प्रथम सेरका दुवै पङ्क्तिमा सोह्र मात्रा छन् । अक्षर सङ्ख्यालाई हेर्ने हो भने प्रथम पङ्क्तिमा अठार अक्षर र दोस्रो पङ्क्तिमा सत्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ,

कूपमण्डुक्र/ जमातमा /के खोज्छौ भाइ / परिचय ?
थुन्न तिम्रा/ पहिचान् पिँ/ जडा हुन्छन्/ सहरमा ।
थुन्न तिम्रा/ पहिचान् पिँ/ जडा हुन्छन्/ सहरमा ।
यस्तै दोस्रो सेरमा पहिलो पङ्क्तिमा सोह्र अक्षर र दोस्रो पङ्क्तिमा पन्ध्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ,
मन्हरूमा/ सूर्यकिरण्/ र्छर्नुपर्ने/ थियो,
अँध्याराका/ उचाइहरू/ होच्याएर/ आएँ ।
मन्हरूमा/ सूर्यकिरण्/ र्छर्नुपर्ने/ थियो,
अँध्याराका/ उचाइहरू/ होच्याएर/ आएँ ।
सममात्रिक लयमा गजल लेख्नका निम्ति एउटा छूट के छ भने स्वर स्वर वर्ण (इ, ई, उ, ऊ, ए र ऐ)को उच्चारण मात्राको आवश्यकताअनुसार गर्न सकिन्छ । माथि उल्लिखित प्रथम सेरको पहिलो पङ्क्तिमा रहेको 'भाई' शब्दलाई दुई मात्रा अथवा एक मात्रा दुवै रूपमा प्रयोग गर्न सकिन्छ । प्रस्तुत सेरमा एक मात्राका रूपमा भाई शब्दको प्रयोग भएको छ । त्यस्तै दोस्रो सेरको दोस्रो पङ्क्तिमा रहेको उचाइहरूमा पाँच अक्षर भए पनि इलाई त्योभन्दा अघिको वर्णसँग जोडेर उच्चारण गरिन्छ यसकारण उचाइहरूलाई चार मात्रा मात्र मान्न सकिन्छ । यर्सथ प्रस्तुत दोस्रो सेर चौध मात्रामा लेखिएको छ भन्न सकिन्छ ।
समग्रमा, गजलमा गेय पक्ष वा छन्दोबद्धता या लयात्मकता ज्यादै महत्त्वपूर्ण मानिन्छ । बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर (सममात्रामा) भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।
लयका विभिन्न प्रकार छन् । गीत, कविता, गजल, हाइकु, ताङ्काजस्ता साहित्यका अनेक विधामा अनेक किसिमका लयको प्रयोग भएको हुन्छ । गजलमा विशेषतः कविता या गीतमा प्रयोग गरिने लयको प्रयोग गर्न सकिन्छ । गजल मूलतः शास्त्रीय विधा भएकोले यसका आफ्नै विधि-विधानहरू छन् । गायनका हिसाबले गीतसँग र भावका हिसाबले कवितासँग निकट रहेको गजल विधा शिल्पगत हिसाबले अलि भिन्न देखिन्छ । गजलको प्रस्तुति शैली अन्य विधाको प्रस्तुति शैलीभन्दा फरक भएको कारण पनि गजल अन्य विधाभन्दा भिन्न लाग्छ ।
नेपाली गजलको सुरुआतताका युवाकवि मोतीराम भट्ट र उनको साहित्यिक समूह मोतीमण्डलीका स्रष्टाहरूले बहरबद्ध गजल नै लेखेका पाइन्छ । उर्दू, हिन्दीको प्रभावका कारण मोतीराम भट्टले गजललाई हिन्दीबाट नेपालीमा प्रवेश गराउँदै उर्दू, फारसी बहरको सिको गर्दै बहरबद्ध गजल नै सिर्जना गरेका हुन् ।
उपेन्द्रबहादुर जिगरपछि नेपाली गजललेखनमा सुस्तता आएपछि झन्डै ३०/३५ वर्षम्म गजललेखन शून्यप्रायः भयो । बिक्रमको तीसको दशकको अन्त्यतिरदेखि नेपाली गजललेखनको पुनर्जागरण भयो । पुनर्जागरण त भयो तर गजलको महत्त्वपूर्ण तत्त्व बहर (लय) को भने पुनर्जागरण हुन सकेन । यस समयमा भाव पक्षलाई प्राथमिकता दिएर गजल लेख्न थालियो । लय पक्ष ओझेल पर्यो ।
बिक्रमको ४० को दशकको सुरुआततिरदेखि मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जलजस्ता लयमा सचेत गजलकारहरूको आगमन भएपछि भने नेपाली गजलमा लयको बारेमा व्यापक बहस हुन थाल्यो । ५० को दशकसम्म आइपुग्दा धेरै गजलकारमा लयप्रतिको सचेतता आइसकेको पाइन्छ ।
लयको विषयमा बहस व्यापक मात्रामा भए पनि बहरको बारेमा बहस हुन नसकिरहेको सर्न्दर्भमा ५० को दशकबाटै डा. घनश्याम न्यौपाने 'परिश्रमी'ले गजलमै विद्यावारिधि गरेर गजलको शास्त्रीयता (विशेषगरी बहर) को बारेमा बहस सुरु गरे । ६० को दशकको सुरुआतसम्म आइपुग्दा देवी नेपाल, सनतकुमार वस्ती आदिले आफ्ना लेख र मन्तव्यमा गजलमा बहरको बारेमा व्यापक चर्चा गर्न थाले ।
गजल गेय विधा हो । गजल गाइनुपर्छ भन्ने मान्यता राखिँदै आएको छ । यर्सथ गजलमा लय अनिवार्य तत्त्व हो । लयविहीन सिर्जना गजल नभएर कविता, गीत वा कुनै भावना हुन सक्छ तर गजल हुँदैन । यस लेखमा नेपाली गजलमा प्रयोग भएका शास्त्रीय लय (पिङ्गल छन्द), बहर (फारसी छन्द), लोक लय (लोक छन्द) तथा स्वनिर्मित सममात्रिक र आक्षरिक लय गरी पाँच प्रकारका लयको प्रयोगबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
शास्त्रीय छन्दमा गजललेखनछन्द परिचय :- छन्द भन्नाले वर्णको एकरूपता हो अथवा ह्रस्व र दीर्घको पालना सबै पङ्क्तिमा समानरूपमा भएमा सिर्जना छन्दोबद्ध हुन्छ । वर्णको एकरूपताले लय सिर्जना गर्दछ । यर्सथ छन्दोबद्ध सिर्जना लयबद्ध हुन्छन् । छन्द पनि वाणिर्क र मात्रिक तथा लोकछन्द गरी तीन प्रकारका मानिन्छन् । यस लेखमा तीनमध्ये दुई प्रकार, वाणिर्क र लोकछन्दको बारेमा मात्र चर्चा गरिएको छ, किनभने यी दुई प्रकारका छन्दको प्रयोग नेपाली गजलमा अधिक हुने गरेको छ । मात्रिक छन्दको प्रयोग भने नेपाली गजलमा देखिँदैन तर स्वनिर्मित सममात्रिक लय (वर्णको उच्चारणमा आधारित लय) र समआक्षरिक लयको प्रयोग भने अत्यन्तै धेरै मात्रामा भएको पाइन्छ । यी लयको बारेमा पनि यस लेखमा बिस्तृत चर्चा गरिएको छ ।
शास्त्रीय छन्द (पिङ्गल छन्द) मा पनि फारसी बहरमा जस्तै विभिन्न सूत्रहरू हुन्छन् । फारसी बहरमा रुक्न/अर्कान भनेजस्तै शास्त्रीय छन्दमा गणहरू हुन्छन् । शास्त्रीय छन्दमा पनि फारसी बहरमा जस्तै आठ प्रकारका गणहरू छन् ।
यमाताराजभानस
यी आठओटा गण र तिनका सङ्केतलाई यसरी बुझ्न सकिन्छ :
गण सङ्केत उदाहरण
य यमाता १२२ मलाई
म मातारा २२२ आफ्नैले
त ताराज २२१ काटेर
र राजभा २१२ मार्दछन्
ज जभान १२१ भनेर
भ भानस २११ सोच्दछु
न नसल १११ अब त
स सलगा ११२ कसरी
यसपछि दुइओटा लघु र गुरु छन् ।
ल लघु १ म
गु गुरु २ यो
यसबाट 'य' गण भन्नाले 'य' पछिका तीन अक्षरबाट निर्माण हुने गण बुझिन्छ । 'य' पछिका 'मा' र 'ता' लाई 'य'सँग जोड्दा हुने 'यमाता' (१२२) नै 'य' गण हो । अथवा एउटा ह्रस्व र दुइटा ददीर्घ हुने गण 'य' गण हो । यसरी नै 'म' गण भन्नाले 'म' पछिका दुइ अक्षर जोड्दा बन्ने 'मातारा' (२२२) भन्ने बुझिन्छ । यसै गरी 'त' गण भनेको 'ताराज' (२२१), 'र' गण भनेको 'राजभा' (२१२), 'ज' गण भनेको 'जभान' (१२१), 'भ' गण भनेको 'भानस' (२११), 'न' गण भनेको 'नसल' (१११), 'स' गण भनेको 'सलगा' (११२) र 'ल' भनेको लघु (ह्रस्व) र 'गु' भनेको गुरु (दीर्घ) भन्ने बुझिन्छ ।यिनै आठओटा गणबाट विभिन्न छन्दको निर्माण हुन्छ । यी गणबाट निर्माण भएका पिङ्गल छन्द पनि फारसी बहरझैँ कति सङ्ख्यामा छन् भन्ने यकिन छैन ।
नेपाली साहित्यमा प्रयोग भएका पिङ्गल छन्दको सङ्ख्या तीन सयको हाराहारी हुनसक्ने अनुमान छ । गणको फेरबदलबाट नयाँ छन्द निर्माण हुने भएकोले पनि छन्दको सङ्ख्या यकिन हुन नसकेको हो ।
पिङ्गल छन्दमा लेख्दा पनि बहरमा जस्तै ह्रस्व/दीर्घ, यति र गतिको नियमलाई होसियारीपूर्वक पालना गर्नुपर्दछ । नेपाली कवितामा पिङ्गल छन्दको प्रयोग पहिल्यैदेखि भए पनि गजलमा भने फारसी बहरसँग मिल्ने पिङ्गल छन्दको मात्र प्रयोग हुँदै आएको थियो । तर पछिल्लो समयमा नेपाली गजलकारहरूले पिङ्गल छन्द, जुन गजलमा प्रयोग भइरहेका थिएनन्, ती छन्दको पनि गजलमा सफलतापूर्वक प्रयोग गरेका छन् । भुजङ्गप्रयात, स्रग्विणी, दिक्पाल, विधाता, तोटक, इन्द्रबज्रा, पञ्चचामरजस्ता फारसी र संस्कृत साहित्यमा मिल्ने छन्दका अतिरिक्त मन्दाक्रान्ता, शिखरिणी, शार्दूलबीक्रीडितजस्ता लामा छन्दका साथै २१ अक्षर भएको स्रग्धरा छन्दको समेत नेपाली गजलकारले प्रयोग गरिसकेका छन् ।
नेपाली गजलकारले प्रयोग गरेका केही पिङ्गल छन्दहरू यसप्रकार छन् :-
१) द्रुतबिलम्बितनभभर सूत्र हुने १२ अक्षरको यो छन्दमा छ अक्षरमा मध्यविश्राम हुने गर्छ । नसल (१११) ± भानस (२११) ± भानस (२११)±राजभा (२१२) यो छन्दको सूत्र हो । यो छन्दमा लेखिएका गजलका सेरहरूः
अघि विलक्षण धुर्त थियौ तिमीअब त मुर्खतिरै दरियौ तिमी । - खोलाघरे साहिँलो
२) स्रग्धरा२१ अक्षर हुने लामो पिङ्गल छन्द स्रग्धरामा समेत नेपाली गजलकारले गजल लेखेका छन् । मरभनययय अथवा मातारा±राजभा±भानस±नसल±यमाता±यमाता±यमाता सूत्र हुने यो छन्दको सात अक्षर र चौध अक्षरमा विश्राम हुन्छ । यो छन्दमा लेखिएको एउटा सेर :
नौलो मुस्कान छछ्र्यौ मुसुमुसु यसको सार के हुन्छ नानू ?साथीका कान फुक्छ्यौ खुसुखुसु यसको सार के हुन्छ नानू ? - खोलाघरे साहिँलो
३) भुजङ्गी
भुजङ्गी छन्द छोटो छन्दअर्न्तर्गत पर्दछ । भुजङ्गप्रयातमा भन्दा एक अक्षर कम हुने यो छन्दमा पनि नेपाली गजलकारले गजल सिर्जना गरिरहेका छन् । यययलगु वा यमाता यमाता यमाता लघु गुरु सूत्र हुने बहरे मुतकारिब मुसम्मन् महजूफसँग मिल्ने यो छन्दमा ११ अक्षर हुन्छन् भने छ अक्षरमा मध्यविश्राम पर्छ । फारसी बहरमा यसको सूत्र हुन्छ : फऊलुन्±फऊलुन्±फऊलुन्±मफा । भुजङ्गी छन्दमा लेखिएका केही सेर :-

तिमीले मनैमा सरायौ भनेछु साथै म त्रि्रो डरायौ भने । - खनाल मेघनाथ 'बन्धु'
४) इन्द्रबज्रानेपाली पद्यकवितामा अत्यधिक प्रयोग हुने छन्द इन्द्रबज्रामा पनि गजल लेखिएका छन् । ततजगुगु अथवा ताराज±ताराज±जभान±गुरु±गुरु गरी ११ अक्षर हुने यो छन्दको पाँच अक्षरमा मध्यविश्राम पर्छ । फारसी बहरमा सूत्र हुने मुसम्मन अखरब मक्बुज अवतरसँग मिल्ने यो छन्दमा लेखिएका केही गजलका सेर :
र्सवश्व सुम्पेर दिएँ त के भोपीडा सबै आज लिएँ त के भो - शैलेन्द्र अधिकारी
५) द्रुता१० अक्षर हुने तथा पाँच अक्षरमा मध्यविश्राम हुने छोटो पिङ्गल छन्द द्रुता पनि नेपाली गजलकारको प्रिय छन्द बनेको छ । यो छन्दको सूत्र हुन्छ- रयजगु । राजभा±यमाता±जभान±गुरु मिलेर द्रुता छन्द बन्दछ । यो छन्दमा लेखिएका केही सेर :
साँझ मान्दिनन् लाज चाँदनी
मुस्कुराउँछिन् आज चाँदनी । -केशवराज आमोदी, गजलमाला
६) इन्दिराइन्दिरा छन्द पनि नेपाली गजलकारले आफ्ना गजलमा प्रयोग गर्दै आएका छन् । नररलगु अथवा नसल±राजभा±राजभा±लगु±गुरु सूत्र हुने ११ अक्षरको यो छन्दको मध्यविश्राम छ अक्षरमा हुने गर्छ ।
पर हुँदा सधैँ आउ भन्दछ्यौनजिक आउँदा जाउ भन्दछ्यौ । - गङ्गानाथ कोइराला
लामा पिङ्गल छन्दहरू शिखरिणी, शार्दूलबीक्रीडित, मन्दाक्रान्ता, अनुष्टुप छन्दमा पनि नेपाली गजलकारले गजल सिर्जना गरेका छन् ।
६) शिखरिणीशिखरिणी छन्दको सूत्र हुन्छ- यमनसभलगु । यमाता±मातारा±नसल±सलगा±भानस±लगु±गुरु सूत्र हुने १७ अक्षरको शिखरिणी छन्दमा छ अक्षर र बाह्र अक्षरमा विश्राम हुन्छ । शिखरिणी छन्दमा लेखिएका केही सेर :
हजारौँ मान्छेको किन सहरमा दुख्छ सपना व्यथाको ज्वालाले किन दिनदिनै सुक्छ सपना - सुरेश सुवेदी
७) मन्दाक्रान्ता१७ अक्षरमा लेखिने मन्दाक्रान्ता छन्दमा पनि गजल लेखिएको पाइन्छ । मभननततगुगु अथवा मातारा±भानस±नसल±नसल±ताराज±ताराज±गुरु±गुरु सूत्र हुने यो छन्दमा चार अक्षर र दस अक्षर विश्राम हुन्छ । मन्दाक्रान्ता छन्दमा लेखिएका केही सेर :
टेक्दै जाऊ बम र खतरा लेक बेँसी उठाऊयौटा मीठो नवयुग दिने एकता यो जुटाऊ । - नवराज लम्साल, गजलमाला
८) शार्दूलबीक्रीडितपद्य कवितामा अत्यधिक प्रयोग भएको शार्दूलबीक्रीडित छन्दमा पनि गजल लेखिएको पाइन्छ । मसजसततगु अथवा मातारा±सलगा±जभान±सलगा±ताराज±ताराज±गुरु गरी १९ अक्षरमा लेखिने यो छन्दको छ अक्षर र बाह्र अक्षरमा विश्राम हुन्छ । शार्दूलबीक्रीडित छन्दमा लेखिएका केही सेर :
थाप्लामा शिरफूल अहा ! लाएर आयौ तिमीप्रारम्भी अभियानमा त अलि निस्ताएर आयौ तिमी । - खोलाघरे साहिँलो
९) मालिनीननमयय अथवा नसल±नसल±मातारा±यमाता±यमाता सूत्र हुने १५ अक्षरको मालिनी छन्दमा समेत गजल लेखिएको पाइन्छ । मालिनी छन्दमा आठ अक्षरमा मध्यविश्राम हुन्छ । मालिनी छन्दमा लेखिएका केही सेर :
परपर किन भाग्छौ नाम तिम्रै छ बाँकीकति पनि नखुलेको खाम तिम्रै छ बाँकी । - घनश्याम 'पथिक'
१०) चम्पकमालाभ म स गण र एउटा गुरु सूत्र हुने यो छन्द छोटो पिङ्गल छन्दअर्न्तर्गत पर्दछ । जम्मा दस वर्ण हुने यस छन्दमा पाँचौँ वर्णमा मध्यविश्राम पर्दछ । यस छन्दमा लेखिएको एउटा सेर र यस छन्दको प्रयोग हेरौँ :
बन्द छ ढोका पस्नु कसोरी यो मन मारी बस्नु कसोरी -प्रोल्लास सिन्धुलीय, बहरमाला
भानस±मातारा±सलगा±गुरु
बन्द छ/ढोका पस्/नु कसो/री यो मन/मारी बस्/नु कसो/रीयसै छन्दमा लेखिएका केही सेर उदाहरणार्थ प्रस्तुत छन् :
११) वसन्ततिलकात भ ज ज गण आई अन्त्यमा दुइटा गुरु हुने यो छन्दमा १४ वर्ण हुन्छन् । चौथो र बाह्रौँ वर्णमा अल्पविश्राम र आठौँ वर्णमा मध्यविश्राम पर्ने यस छन्दमा लेखिएको एउटा सेर र यस छन्दको गण व्यवस्था हेरौँ :
बानी लियौ गजलमा अब आश छैनसाहित्य यो गजब हो धनरास छैन । -खनाल मेघनाथ बन्धु, गजलयात्रा
ताराज±भानस±जभान±जभान±गुरु±गुरु
बानी लि/यौ गज/लमा अ/ब आश/ छै/नसाहित्य/यो गज/ब हो ध/नरास/छै/न ।
यसको उच्चारण यस्तो हुन्छ :
बानी लियौ, गजलमा/अब आश, छैनसाहित्य यो, गजब हो/धनरास, छैन ।
(,) कमाले अल्पविश्राम र (/) तिर्यकले मध्यविश्रामलाई सङ्केत गर्दछन् ।
१२) शालिनीम त त गणसँगै अन्त्यमा दुइटा गुरु आउने यो छन्दमा ११ ओटा वर्ण हुन्छन् । चौथो र सातौँ वर्णमा विश्राम पर्ने यस छन्दमा लेखिएको एउटा सेर र गणव्यवस्था हेरौँ :
छातीभित्रै बास मागेर आयौ
बाँच्ने यौटा आश जागेर आयौ । -घनेन्द्र ओझा, बल्झेर याद तिम्रो
मातारा±ताराज±ताराज±गुरु±गुरु
छातीभित्/रै बास/मागेर/आ/यौ
बाँच्ने यौ/टा आश/जागेर/आ/यौ ।
बाँच्ने यौ/टा आश/जागेर/आ/यौ ।
१३) संयुतास ज ज गणसँग एउटा गुरु आएमा यो छन्द बन्दछ । १० वर्णको यस छन्दमा पाँचौँ वर्णमा मध्यविश्राम पर्दछ । संयुता छन्दमा लेखिएको एउटा सेर र यसको गणव्यवस्था हेरौँ :
अब धेर भो उठ जाग रेहक खोस्नुपर्छ नमाग रे । -घनेन्द्र ओझा, बल्झेर याद त्रि्रो
सलगा±जभान±जभान±गुरु
अब धे/र भो उ/ठ जाग/रेहक खोस्/नुपर्छ/नमाग/रे ।
अब धे/र भो उ/ठ जाग/रेहक खोस्/नुपर्छ/नमाग/रे ।
यसरी नै उपेन्द्रबज्रा, उपजाति, अनुष्टुप, हंसी, कुर्सी, विद्युन्माला, कुसुमविचित्रा, सारङ, सोमराजी, प्रमाणिका, तनुमध्या, रथोद्धता, दोधक, स्वागता, मालती, वंशस्थ, मणिमध्य, विमोहा, माला, कनकसुन्दरी, मत्ता, शङ्खनारी, मोटनक,
शशिवदना आदि पिङ्गल छन्दमा पनि नेपाली गजलकारले गजल लेख्दै आएका छन् । यसरी नै केही नेपाली गजलकारले पिङ्गल छन्द या फारसी बहरका सूत्रहरूमा आधारित रहेर नयाँ छन्द/बहरमा पनि गजल लेखेका छन् । यी नवनिर्मित छन्द या बहरका बारेमा पछिल्लो अध्यायमा बिस्तृत चर्चा गरिएको छ ।
बहर परिचय :- उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा बहर भन्नाले लयबद्धता हो । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो । पिङ्गल छन्दमा गण र मात्राको आधारमा छन्दको निर्माण भएजस्तै फारसीमा रुक्न र अर्कानको मेलबाट बहरको निर्माण हुन्छ । उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्नेबारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँच दर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू फारसीमा बहरमा गजललेखन परम्परा हिजो र आज पनि कायम छ ।
रुक्न :- रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । अथवा पिङ्गल छन्दमा गण भनेजस्तै बहरमा गणलाई रुक्न भनिन्छ । पिङ्गल छन्दमा यमाताराजभानस गरी आठओटा गण भएजस्तै बहरमा पनि विभिन्न गणहरू छन्, तिनलाई रुक्न भनिन्छ । फारसीमा प्रयोग हुने रुक्नहरू यसप्रकार छन् :
१) फा, फिइ २
२) फअल् १२
३) फिइलुन्, फेलुन् २२
४) फाइलुन् २१२
५) मफ्ऊल २२१
६) फऊलुन् १२२
७) फाइलातुन् २१२२
८) मफाईलुन् १२२२
९) फिइलातुन् ११२२
१०) मुफाइलुन् १२१२
११) मुफाईल १२२१
१२) फाइलात २१२१
१३) मुस्तफ्इलुन् २२१२
१४) फिइलात ११२१
१५) मुफ्तइलुन् २११२
१६) मुतुफाइलुन् ११२१२
१७) मुफ्तइलातुन् २११२२
१८) मुफाइलतुन् १२११२
१९) मुतुफाइलतुन् ११२११२
२०) मुफाइलातुन् १२१२२
प्रस्तुत रुक्नहरूमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) ले दीर्घलाई सङ्केत गर्दछ ।
यिनै रुक्नहरूको बारम्बारता हुँदा या यिनै रुक्नहरू दोहोरिँदा बहरको निर्माण हुन्छ । यी रुक्नहरू नै बहर निर्माण गर्ने आवश्यक घटकहरू हुन् ।
पिङ्गल छन्दमा जम्मा आठओटा मात्र गणहरू रहेका भए पनि फारसीमा भने यस्तो देखिँदैन । फारसीमा मूल रुक्न आठओटै छन् तर मूल रुक्नको तोडमोडबाट अन्य मिश्रति रुक्नहरू पनि निर्माण भएका पाइन्छ फारसीमा ।
उल्लिखित रुक्नहरूमध्ये फऊलुन् (१२२), फाइलुन् (२१२), मफाईलुन् (१२२२), फाइलातुन् (२१२२), मुस्तफ्इलुन् (२२१२), मुतफाइलुन् (११२१२), मुफाइलतुन् (१२११२) र मफ्ऊलातु (२२२१) मूल रुक्न हुन् ।
यी रुक्नहरूलाई सजिलो गरी यसरी बुझ्न सकिन्छ :
१) फऊलुन् (१२२) अथवा सुरुको वर्णमा् ह्रस्व र पछिल्ला दुईओटा वर्णमा दीर्घ२) फाइलुन् (२१२) अथवा सुरुको वर्णमा दीर्घ, बीचको ह्रस्व र अन्तिमको वर्णमा दीर्घ३) मफाईलुन् (१२२२) अथवा सुरुको वर्णमा् ह्रस्व र पछिल्ला तीनओटा वर्णमा दीर्घ
४) फाइलातुन् (२१२२) अथवा सुरुको वर्णमा दीर्घ, दोस्रो वर्णमा् ह्रस्व र अन्तिमका दुईओटा वर्णमा दीर्घ
५) मुस्तफ्इलुन् (२२१२) अथवा सुरुका दुईओटा वर्णमा दीर्घ, तेस्रो वर्णमा् ह्रस्व र अन्तिमको वर्णमा दीर्घ
६) मुतफाइलुन् (११२१२) अथवा सुरुका दुईओटा वर्णमा् ह्रस्व, तेस्रो वर्णमा दीर्घ, चौथो ह्रस्व र पाँचौँ वर्णमा दीर्घ
७) मुफाइलतुन् (१२११२) अथवा सुरुको वर्णमा् ह्रस्व, दोस्रो वर्णमा दीर्घ, तेस्रो र चौथो ह्रस्व र पाँचौँ ददीर्घ
८) मफ्ऊलातु (२२२१) अथवा सुरुका तीनओटा वर्णमा दीर्घ र चौथो वर्णमा् ह्रस्व ।

यिनै रुक्नहरूको सचेत प्रयोगद्वारा बहरको निर्माण हुन्छ ।
अर्कान
अर्कान भन्नाले रुक्नहरूको गुच्छा हो । अथवा विभिन्न रुक्नहरूको मेल नै अर्कान हो । एकभन्दा बढी रुक्नहरू मिल्दा अर्कान बन्छ । जस्तो :
अर्कान भन्नाले रुक्नहरूको गुच्छा हो । अथवा विभिन्न रुक्नहरूको मेल नै अर्कान हो । एकभन्दा बढी रुक्नहरू मिल्दा अर्कान बन्छ । जस्तो :
उदाहरण राख्ने -एकपटक हेर्ने परिभाषा)
बहर निर्माण प्रक्रिया
रुक्न र अर्कानको बारेमा थाहा पाइसकेपछि हामी बहर कसरी निर्माण हुन्छ - भन्नेबारेमा चर्चा गरौँ । बहर रुक्न र अर्कानको आवृत्तिबाट निर्माण हुन्छ वा विभिन्न रुक्न र अर्कानको संयोजनबाट बहर निर्माण हुन्छ । जस्तो, अत्यधिक प्रचलनमा रहेको बहर मुतकारिब मुसम्मन् सालिमलाई हेरौँ । यो बहर पिङ्गल छन्द भुजङ्गप्रयातसँग मिल्छ ।

मुतकारिब मुसम्मन् सालिममा फऊलुन् -१२२) रुक्नको चारपटक आवृत्ति हुन्छ वा चारपटक फऊलुन् रुक्न दोहोरिन्छ । १२ ओटा वर्ण हुने यस बहरमा पहिलो वर्णमा् ह्रस्व तथा दोस्रो र तेस्रो वर्णमा दीर्घ भई एक पङ्क्तिमा चारपटक आउँछन् ।
तिमीले उषाको बिहानी नमाग्नूकसैको कुनै जिन्दगानी नमाग्नू । -राधा कणेल, बाटो अझै छ बाँकी
प्रस्तुत सेर मुतकारिब मुसम्मन् सालिम बहरमा रचना गरिएको छ । यस सेरमा फऊलुन् रुक्नको चारपटक आवृत्ति भएको छ । अथवा यस सेरमा भएको रुक्नको आवृत्तिलाई यसरी हेर्न सकिन्छ :
फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन्
तिमीले/उषाको/बिहानी/नमाग्नू
कसैको/कुनै जिन्/दगानी/नमाग्नू ।
कसैको/कुनै जिन्/दगानी/नमाग्नू ।
यस सेरमा फऊलुन् -१२२) वा पहिलो वर्णमा् ह्रस्व र बाँकी दुई वर्णमा दीर्घ भएको रुक्नको चारपटक आवृत्ति भएको छ । यस बहरको मध्यविश्राम छैटौँ वर्णमा हुन्छ ।
यसरी नै बहरे हजज मुसम्मन सालिममा लेखिएको एउटा सेर हेरौँ ।
म हारेँ रूपमा तिम्रो जुनेली रात तिम्रै हो
नशाले भै गएँ अन्धो पिएको मात तिम्रै हो । -देवी नेपाल
नशाले भै गएँ अन्धो पिएको मात तिम्रै हो । -देवी नेपाल
प्रस्तुत सेरमा मफाईलुन् -१२२२) वा पहिलो वर्णमा् ह्रस्व तथा पछिल्ला तीनओटा वर्णमा दीर्घ भएको रुक्नको चारपटक आवृत्ति भई १६ वर्णमा बहर निर्माण भएको छ । यस बहरको अल्पविश्राम चौथो र बाह्रौँ वर्णमा पर्छ भने मध्यविश्राम आठौँ वर्णमा पर्छ । पिङ्गल छन्द विधातासँग मिल्ने यो बहर पनि अत्यधिक प्रयोगमा आएको बहरमध्ये पर्दछ ।
यो बहरको सूत्र -अर्कान) यस्तो हुन्छ :
मफाईलुन्±मफाईलुन्±मफाईलुन्±मफाईलुन्
म हारेँ रू/पमा तिम्रो/जुनेली रा/त तिम्रै होनशाले भै/गएँ अन्धो/पिएको मा/त तिम्रै हो ।
यिनै रुक्नहरूको संयोजनबाट विभन्नि बहरको निर्माण हुन्छ । फारसीमा बहरको सङ्ख्या यति नै छ भनेर आजसम्म किटानी हुन सकेको छैन । रुक्नको फरक फरक प्रयोगले फरकफरक बहरको निर्माण हुने हुँदा नयाँ बहरको जन्म हुने गर्छ । यसकारण पनि बहरको सङ्ख्या किटानी गर्न नसकिएको हो ।
बहर विभिन्न प्रकारका छन् । मूलतः फारसी बहरलाई तीनप्रकारमा बाँडिएको पाइन्छ । ती तीन प्रकारमा :
१) मुफरद वा मूल छन२) मुरक्कब वा मिश्रति छन्द र३) मुजाहिफ वा परिवर्तित छन्द ।
मुफरद भन्नाले मूल रुक्नलाई तोडमोड नगरी एउटै रुक्नको आवृत्तिबाट बनेका बहर हुन् । मुफरद बहर सात प्रकारका छन् । यी सात प्रकारका बहरका पनि विभिन्न भेद रहेका छन् ।
१) मुतकारिब
२) मुतदारिक
३) हजज
४) रमल
५) रजज
६) वाफिर
७) कामिल
२) मुतदारिक
३) हजज
४) रमल
५) रजज
६) वाफिर
७) कामिल
उल्लिखित बहर उर्दू फारसीका साथै नेपाली गजललेखनमा समेत अत्यधिक प्रयोगमा आएका बहरहरू हुन् ।
बहरमा गजल लेख्दा पिङ्गल छन्दमा जस्तै गण/मात्रा -रुक्न/अर्कान) को उचित संयोजन हुनुपर्दछ । यति -विश्राम) र गति -प्रवाह) मा अवरोध आउनुहुन्न ।
१) मुतकारिब बहर
फऊलुन् -१२२) रुक्न वा पहिलो वर्णमा् ह्रस्व र बाँकी दुईओटा वर्णमा दीर्घ भएको रुक्न -पिङ्गल छन्दमा य गण) को चारपटक आवृत्ति हुँदा वा चारपटक फऊलुन् रुक्न दोहोरिँदा यो बहर निर्माण हुन्छ । यस बहरको सूत्र यसप्रकार छ :

फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन
यस बहरमा लेखिएको एउटा सेर :
कतै जिन्दगीले छकाएर रोएँ
कतै चैँ म आफैँ हराएर रोएँ । -सुरेश सुवेदी, अनुभूतिका डोबहरू
कतै चैँ म आफैँ हराएर रोएँ । -सुरेश सुवेदी, अनुभूतिका डोबहरू
यस सेरमा रुक्नको प्रयोग यसप्रकार भएको छ :
फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
कतै जिन्/दगीले/छकाए/र रोएँ
कतै चैँ/म आफैँ/ हराए/र रोएँ ।
कतै चैँ/म आफैँ/ हराए/र रोएँ ।
मुतकारिब बहर (पिङ्गल छन्द : भुजङ्गप्रयात) मा लेखिएको यो गजलमा माथि उल्लेख गरिएको फऊलुन् -१२२) रुक्नको चारपटक आवृत्ति भएको छ । फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन् गरी १२ अक्षरमा यो बहर निर्माण हुन्छ । अथवा एउटा ह्रस्व दुइटा ददीर्घ -१२२) चारपटक दोहोरिँदा यो बहर बन्छ । यो बहर पिङ्गल छन्द भुजङ्गप्रयातसँग पनि हुबहु मिल्छ । भुजङ्गप्रयात छन्दमा पनि 'य' गण -यमाता/१२२) को चारपटक आवृत्ति हुनर्ेगर्छ । छ अक्षरमा यति -मध्यविश्राम) हुने यो बहर/छन्दमा धेरै गजल लेखिएको पाइन्छ । बहरमा गजललेख्न सुरु गर्नेहरूले प्रायः यसै बहरबाट लेख्न थाल्ने गरेका छन् । छोटो, मीठो र सजिलो भएको कारण पनि यो बहर गजलमा अत्यधिक प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ ।
मुतकारिब बहरका पनि विभिन्न भेद छन् । फऊलुन् रुक्नको चारपटक आवृत्ति हुँदा मुतकारिब मुसम्मन सालिम हुन्छ भने फऊलुन् रुक्नको तीनपटक आवृत्ति हुँदा मुतकारिब मुसद्दस सालिम र फऊलुन् रुक्नको दुईपटक आवृत्ति हुँदा मुतकारिब मुरब्बा सालिम बन्छ । मुतकारिब मुसद्दस सालिम र मुतकारिब मुरब्बा सालिममा पनि गजल लेखिएको पाइन्छ ।
थियो दूर यात्रा नथाक्नेत्यहाँ बीज रोपेँ नपाक्ने । -मुतकारिब मुसद्दस सालिम) - बलराम दाहाल
छुट्यो हात फेरिबढ्यो घात फेरि । -मुतकारिब मुरब्बा सालिम) - राधा कणेल
२) मुतदारिकमुतकारिबपछि धेरैजसो गजलकारले प्रयोग गर्ने बहर हो- मुतदारिक । मुतदारिक बहर पिङ्गल छन्द स्रग्विणीसँग हुबहु मिल्छ । यस बहरमा फाइलुन् -२१२) रुक्न वा पहिलो वर्णमा दीर्घ, दोस्रो ह्रस्व र तेस्रो वर्णमा दीर्घ हुने रुक्न -पिङ्गल छन्दमा र गण) को चारपटक आवृत्ति हुन्छ । फाइलुन्±फाइलुन्±फाइलुन्±फाइलुन् रुक्न चारपटक आउँदा मुतदारिक बहर बन्छ । १२ अक्षरको यस बहरमा छ अक्षरमा मध्यविश्राम हुन्छ । पिङ्गल छन्द स्रग्विणीलाई हेर्दा 'र' गण -राजभा/२१२) को चारपटक आवृत्ति हुँदा स्रग्विणी छन्द -मुतदारिक बहर) बन्छ । यस बहरको निर्माण प्रक्रिया यसप्रकार छ :
फाइल्न±फाइलुन्±फाइलुन्±फाइलुन्
त्रासदी स्वप्नमा डस्न थाल्यौ किन
ब्यूँझँदा आँसु भै खस्न थाल्यौ किन -पदम गौतम, घाम झुल्कनुअघि
ब्यूँझँदा आँसु भै खस्न थाल्यौ किन -पदम गौतम, घाम झुल्कनुअघि
यस सेरमा रुक्नको प्रयोग यसरी भएको छ :
फाइलुन्±फाइलुन्±फाइलुन्±फाइलुन्
त्रासदी/स्वप्नमा/डस्न था/ल्यौ किन
ब्यूँझँदा/आँसु भै/खस्न था/ल्यौ किन
ब्यूँझँदा/आँसु भै/खस्न था/ल्यौ किन
मुतदारिक बहरका पनि विभिन्न भेद छन् । फाइलुन् रुक्नको चारपटक आवृत्ति हुँदा मुतदारिक मुसम्मन सालिम हुन्छ भने फाइलुन् रुक्नको तीनपटक आवृत्ति हुँदा मुतदारिक मुसद्दस सालिम -महालक्ष्मी छन्द) र फाइलुन् रुक्नको दुईपटक आवृत्ति हुँदा मुतदारिक मुरब्बा सालिम (विमोहा छन्द) बन्छ । मुतदारिक मुसद्दस सालिम र मुतदारिक मुरब्बा सालिममा पनि गजल लेखिएको पाइन्छ । मुतदारिक मुसद्दस सालिम र मुतदारिक मुरब्बा सालिममा लेखिएका केही सेर हेरौँ :
धर्मका बातमा के थियो
दोष खै जातमा के थियो - -मुतदारिक मुसद्दस सालिम) - जनक रसिक
दोष खै जातमा के थियो - -मुतदारिक मुसद्दस सालिम) - जनक रसिक
गोधुलीका कुरा
हुन्छ कैले पुरा । -मुतदारिक मुरब्बा सालिम) - खनाल मेघनाथ 'बन्धु'
हुन्छ कैले पुरा । -मुतदारिक मुरब्बा सालिम) - खनाल मेघनाथ 'बन्धु'
३) हजज
मुतकारिब र मुतदारिकपछि धेरै मात्रामा प्रयोग हुने अर्को बहर हो- हजज । हजजका पनि विभिन्न भेद छन् । मफाईलुन् -१२२२) रुक्न वा पहिलो वर्णमा् ह्रस्व र बाँकी तीनओटै वर्णमा दीर्घ हुने चार वर्णमा रुक्नको चारपटक आवृत्ति हुँदा बन्ने बहर बहरे हजज मुसम्मन् सालिममा पनि धेरै गजल लेखिएको पाइन्छ । मफाईलुन्±मफाईलुन्±मफाईलुन्±मफाईलुन् गरी १६ अक्षरमा लेखिने यो बहरको यति ४±८±१२±१६ मा हुन्छ । अल्पविश्राम चार अक्षर र बाह्र अक्षरमा हुन्छ भने मध्यविश्राम आठ अक्षरमा हुन्छ । यो बहर पनि पिङ्गल छन्द विधातासँग हुबहु मिल्छ । विधाता छन्दको सूत्र हुन्छ- य र त म य गु ।

बहरे हजज मुसम्मन् सालिमको निर्माण प्रक्रिया यसप्रकार छ :
हुरीमा दीपझैँ धिप्धिप् बलेको जिन्दगी प्यारो
मलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो । -नारायण निरासी, तुसारोमा फुलेका फूलहरू
मलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो । -नारायण निरासी, तुसारोमा फुलेका फूलहरू
यस सेरमा प्रयुक्त रुक्नलाई यसरी हेर्न सकिन्छ :
मफाईलुन्±मफाईलुन्±मफाईलुन्±मफाईलुन्
हुरीमा दीपझैँ धिप्धिप् बलेको जिन्दगी प्यारो
मलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो ।
मलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो ।
मुतकारिब र मुतदारिकमा जस्तै मफाईलुन् रुक्न चारपटक दोहोरिँदा हजज मुसम्मन् सालिम हुन्छ भने मफाईलुन् तीनपटक दोहोरिँदा हजज मुसद्दस सालिम र मफाईलुन् दुईपटक दोहोरिँदा हजज मुरब्बा सालिम बन्छ । बहरे हजज मुसद्दस सालिम र बहरे हजज मुरब्बा सालिममा लेखिएको यी सेर हेरौँ :
हरायो लक्ष्य खोज्दै थेँ म फर्केछु
भिज्यो आँखा सिसाजस्तै म चर्केछु । -बहरे हजज मुसद्दस सालिम) -प्रभाती किरण
भिज्यो आँखा सिसाजस्तै म चर्केछु । -बहरे हजज मुसद्दस सालिम) -प्रभाती किरण
वसन्तैमा तिमी फुल्नू
दिँदै माया अझै खुल्नू । -बहरे हजज मुरब्बा सालिम) - खनाल मेघनाथ 'बन्धु'
दिँदै माया अझै खुल्नू । -बहरे हजज मुरब्बा सालिम) - खनाल मेघनाथ 'बन्धु'
४) बहरे रमल
नेपाली गजलमा धेरै मात्रामा प्रयोग भएको अर्को बहर रमल हो । पिङ्गल छन्द माधवमालतीसँग मिल्ने रमल बहरका विभिन्न भेद रहेका छन् । यसका विभिन्न भेदमध्ये केही भेदको सामान्य प्रयोग भए पनि बहरे रमल मुसम्मन् सालिम, बहरे रमल मुसद्दस सालिम, बहरे रमल मुरब्बा सालिमको प्रयोग बढी हुने गरेको छ । फाइलातुन् -२१२२) रुक्न अथवा पहिलो वर्णमा दीर्घ, दोस्रो ह्रस्व र पछिल्ला दुईओटा वर्णमा दीर्घ हुने चारओटा वर्णमाे यो रुक्नको चारपटक आवृत्ति हुँदा बहरे रमल मुसद्दस सालिम बन्छ । फाइलातुन् रुक्नको तीनपटक आवृत्ति भएमा बहरे रमल मुसद्दस सालिम बन्छ भने फाइलातुन् रुक्नको दुईपटक आवृत्ति हुँदा बहरे रमल मुरब्बा सालिम बन्छ । बहरे रमल मुसम्मन् सालिमको निर्माण प्रक्रिया यसप्रकार छ :

जिन्दगीको अर्थ खोज्ने रीत सम्झेँ दिक्क लाग्यो
प्रेमको यो र्व्यर्थ गाथा गीत सम्झेँ दिक्क लाग्यो । -रश्मि असफल, त्रि्रो वगानभित्र
प्रेमको यो र्व्यर्थ गाथा गीत सम्झेँ दिक्क लाग्यो । -रश्मि असफल, त्रि्रो वगानभित्र
यस सेरमा प्रयुक्त रुक्न यसप्रकार छ :
फाइलातुन्±फाइलातुन्±फाइलातुन्±फाइलातुन्
जिन्दगीकोर्/अर्थ खोज्ने/रीत सम्झेँ/दिक्क लाग्यो
प्रेमको यो/र्व्यर्थ गाथा/गीत सम्झेँ/दिक्क लाग्यो ।
प्रेमको यो/र्व्यर्थ गाथा/गीत सम्झेँ/दिक्क लाग्यो ।
एकतामा र्सवहारा यो दसैँमा
उठ्नुपर्ने देश सारा यो दसैँमा । -बहरे रमल मुसद्दस सालिम) - जनक रसिक
उठ्नुपर्ने देश सारा यो दसैँमा । -बहरे रमल मुसद्दस सालिम) - जनक रसिक
मेख मारेझैँ छ है
बार बारेझैँ छ है । -बहरे रमल मुरब्बा सालिम) - बूँद राना, गजलमाला
बार बारेझैँ छ है । -बहरे रमल मुरब्बा सालिम) - बूँद राना, गजलमाला
उल्लिखित भेदका अतिरिक्त रमलका अन्य केही भेदहरू पनि नेपाली गजलकारले प्रयोग गरिरहेका पाइन्छ । फाइलातुन्±फाइलातुन्±फाइलुन् सूत्रमा आधारित बहरे रमल मुसद्दस महजुफको प्रयोग पनि केही नेपाली गजलकारले गरिरहेका छन् । चार अक्षर र आठ अक्षरमा विश्राम हुने ११ अक्षरको यो बहरमा लेखिएका केही सेर :
आज यौटा घात आयो प्यारमा
फेरि कालो रात आयो प्यारमा । -घनेन्द्र ओझा
फेरि कालो रात आयो प्यारमा । -घनेन्द्र ओझा
जिन्दगीको अर्थ खोज्दै हिँड्छु म
निष्ठुरीको साथ रोज्दै हिँड्छु म । - सप्रेम अर्चना
निष्ठुरीको साथ रोज्दै हिँड्छु म । - सप्रेम अर्चना
५) बहरे रजज
रजज बहर पनि नेपाली गजलकारले प्रयोग गरिरहेको बहरअर्न्तर्गत पर्दछ । मुस्तफ्इलुन् -२२१२) रुक्न अथवा सुरुका दुई वर्णमा दीर्घ, तेस्रो वर्णमा् ह्रस्व र अन्तिम वा चौथो वर्णमा दीर्घ हुने रुक्नकको चारपटक आवृत्ति हुँदा यो बहर बन्दछ । यस बहरमा १६ वर्णमाुन्छन् । चौथो र बाह्रौँ वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम हुन्छ । मुस्तफ्इलुन् रुक्नको चारपटक आवृत्ति हुँदा बहरे रजज मुसम्मन् सालिम बन्छ भने तीनपटक आवृत्ति हुँदा बहरे रजज मुसद्दस सालिम बन्छ र दुईपटक आवृत्ति हुँदा बहरे रजज मुरब्बा सालिम बन्छ ।

बहरे रजज मुसम्मन सालिमको निर्माण प्रक्रिया यसप्रकार छ :
मुस्तफ्इलुन्±मुस्तफ्इलुन्±मुस्तफ्इलुन्±मुस्तफ्इलुन्
चल्दैन पा/नी भन्दछौ/यो के कुरा/हो जान्दिनँ
जाती र पा/ती र्व्यर्थको/संस्कार मै/ले मान्दिनँ - सरोज काफ्ले
सम्झी बसेँ एकान्तमा टोलाउँदै
लाग्यो तिमी आयौ यतै बोलाउँदै । -बहरे रजज मुसद्दस सालिम) - विपीन किरण
काँडा सधैँ टेक्दै हिँडेँ
आफ्नै कथा लेख्दै हिँडेँ । -बहरे रजज मुरब्बा सालिम) - घनश्याम 'पथिक'
६) वाफिर बहर
वाफिर बहरको प्रयोग पनि नेपाली गजलकारले धेरै मात्रामा गर्ने गरेका छन् । मुफाइलतुन् -१२११२) रुक्न अथवा पहिलो वर्णमा् ह्रस्व, दोस्रो वर्णमा दीर्घ, तेस्रो र चौथो ह्रस्व तथा अन्तिम वा पाँचौँ वर्णमा दीर्घ हुने यो बहरमा २० ओटा वर्णमाुन्छन् । यसका पनि विभिन्न भेद छन् । मुफाइलतुन् रुक्नको चारपटक आवृत्ति हुँदा बहरे वाफिर मुसम्मन् सालिम बन्छ भने तीनपटक आवृत्ति हुँदा बहरे वाफिर मुसद्दस सालिम र दुईपटक आवृत्ति हुँदा बहरे वाफिर मुरब्बा सालिम बन्छ । पाँच अक्षर र पन्ध्र अक्षरमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुने बहरे वाफिर मुसम्मन् सालिमको निर्माण प्रक्रिया यसप्रकार छ :

मुफाइलतुन्±मुफाइलतुन्±मुफाइलतुन्±मुफाइलतुन्
खराब छ यो सबै दुनियाँ अरूसँग क्यै नबोल्नु प्रिया
दिएर मनै अरूकन लौ कुरा दिलका नखोल्नु प्रिया । -सरोज काफ्ले, अधरामृत
यस सेरमा भएको रुक्नको प्रयोगलाई यसरी हेर्न सकिन्छ :
मुफाइलतुन्±मुफाइलतुन्± मुफाइलतुन्±मुफाइलतुन्
खराब छ यो/सबै दुनियाँ/अरूसँग क्यै/नबोल्नु प्रिया
दिएर मनै/अरूकन लौ/कुरा दिलका/नखोल्नु प्रिया ।
यसरी नै बहरे वाफिर मुसद्दस सालिम तथा बहरे वाफिर मुरब्बा सालिममा पनि गजल लेखिएका छन् ।
उदास भए उमङ्ग सबै तिमी नहुँदा
हराउँदछन् कि रङ्ग सबै तिमी नहुँदा । -बहरे वाफिर मुसद्दस सालिम) -निर्मल ढुङ्गाना
म रोइरहेँ तिमी नहुँदा
हाँसिरहृयौ तिमी म रुँदा । -बहरे वाफिर मुरब्बा सालिम) -डा. घनश्याम न्यौपाने परिश्रमी
७) कामिल
कामिल पनि नेपाली गजलमा धेरै मात्रामा प्रयोग भएको बहरअर्न्तर्गत पर्दछ । मुतफाइलुन् -११२१२) वा पहिलो र दोस्रो वर्णमा् ह्रस्व, तेस्रो वर्णमा दीर्घ, चौथो ह्रस्व र पाँचौँ वर्णमा दीर्घ हुने पाँच वर्णमा रुक्नको आवृत्तिबाट निर्माण हुने यो बहरका पनि विभिन्न भेद छन् । यो बहर पिङ्गल छन्द प्रमदानन/गीतिकासँग मिल्छ । मुतफाइलुन् रुक्नको चारपटक आवृत्ति हुँदा बहरे कामिल मुसम्मन् सालिम बन्छ भने तीनपटक आवृत्ति हुँदा बहरे कामिल मुसद्दस सालिम र दुईपटक आवृत्ति हुँदा बहरे कामिल मुरब्बा सालिम बन्छ । पाँचौँ र पन्ध्रौँ वर्णमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुने २० अक्षरको बहरे कामिल मुसम्मन सालिमको निर्माण प्रक्रिया यसप्रकार छ :

जुन मोडबाट बिदा लियौ म छु आजसम्म त्यहीँ प्रिया
हिजो तिमी पनि त्यैँ थियौ म छु आजसम्म त्यहीँ प्रिया । - शारदा सजल, गजलमाला
हिजो तिमी पनि त्यैँ थियौ म छु आजसम्म त्यहीँ प्रिया । - शारदा सजल, गजलमाला
मुतफाइलुन्±मुतफाइलुन्±मुतफाइलुन्±मुतफाइलुन्
जुन मोडबा/ट विदा लियौ/म छु आजसम्/म त्यहीँ प्रिया
हिजो तिमी/पनि त्यैँ थियौ/म छु आजसम्/म त्यहीँ प्रिया ।
म त बस्छु है मुटुमाझमा अब बास द्यौ
अनि फेर्छु है तनसाथ त्यो प्रिय स्वास द्यौ । -बहरे कामिल मुसद्दस सालिम) - घनेन्द्र ओझा
मनभित्र जे छ बताउँछु
बस पर्खिएर म आउँछु । -बहरे कामिल मुरब्बा सालिम) - सरोज काफ्ले, बहरमाला
मुरक्कब बहर
यसरी नै मुरक्कब बहर विभिन्न फरकफरक रुक्नहरूको संयोजनबाट निर्मित बहर हुन् । यस्ता बहरमा एउटै रुक्नको मात्र आवृत्ति नभई विभिन्न रुक्नहरूको मेल भएको हुन्छ । गजलअन्वेषक डा. घनश्याम न्यौपाने परिश्रमी, डा. कृष्णहरि बराल र देवी नेपालले यस्ता बाह्रओटा बहर प्रचलनमा रहेको उल्लेख गरेका छन् । ती बहरहरूमा मुन्सरिह, मुक्तजब, मुजारिअ, खफिफ, बसित, मुज्तस, सरिअ। मुसाकिल, जदिद, करिब, मदिद र तबिल पर्दछन् ।

मुरक्कब बहरका केही उदाहरण र तिनको निर्माण प्रक्रिया यहाँ उल्लेख गरिएको छ :
१) मुन्सरिह बहर
मुस्तफ्इलुन्±मफ्ऊलातु दुई प्रकारका रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १६ वर्णको यो बहरमा चौथो र बाह्रौँ वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ ।
मुस्तफ्इलुन्±मफ्ऊलातु दुई प्रकारका रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १६ वर्णको यो बहरमा चौथो र बाह्रौँ वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ ।
मुन्सरिह बहरमा लेखिएको यो सेर र यसको निर्माण प्रक्रिया हेरौँ :
यो जिन्दगीमा सुङ्र्घष्ा गर्दै यहाँ बाँचेको छु
पीडा व्यथाका जङ्घार तर्दै यहाँ बाँचेको छु । -नारायण निरासी
यस सेरमा प्रयुक्त बहरको निर्माण प्रक्रिया हेरौँ :
मुस्तफ्इलुन्±मफ्ऊलातु±मुस्तफ्इलुन्±मफ्ऊलातु
यो जिन्दगी/मा सुङ्र्घर्ष गर्दै यहाँ/बाँचेको छु
पीडा व्यथा/का जङ्घार/तर्दै यहाँ/बाँचेको छु ।
२) मुक्तजबम
फ्ऊलातु एकपटक र मुस्तफ्इलुन् रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । छैटौँ वर्णमा मध्यविश्राम हुने यो बहरमा १२ ओटा वर्णमाुन्छन् ।
फ्ऊलातु एकपटक र मुस्तफ्इलुन् रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । छैटौँ वर्णमा मध्यविश्राम हुने यो बहरमा १२ ओटा वर्णमाुन्छन् ।
मुक्तजब बहरमा लेखिएको यो सेर र यसको निर्माण प्रक्रिया :
तिम्रै यादमा तड्पिँदै आएँ प्रिय
थोरै आशमा अल्झिँदै आएँ प्रिय । -घनेन्द्र ओझा
मफ्ऊलातु±मुस्तफ्इलुन्±मुस्तफ्इलुन्
तिम्रै याद/मा तड्पिँदै/आएँ प्रिय
थोरै आश/मा अल्झिँदै/आएँ प्रिय ।
३) मुजारअ
मफाईलुन्±फाइलातुन् दुईओटै रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १६ वर्णमाे यो बहरमा चौथो र बाह्रौँ वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ । यस बहरमा लेखिएको एउटा सेर र यस सेरमा प्रयुक्त रुक्न वा यस बहरको निर्माण प्रक्रिया हेरौँ :

भए खाए जिन्दगानी सधैँ राम्रो हुन्छ प्यारी
तिमी आए जिन्दगानी सधैँ राम्रो हुन्छ प्यारी । -नारायण निरासी
तिमी आए जिन्दगानी सधैँ राम्रो हुन्छ प्यारी । -नारायण निरासी
मफाईलुन्±फाइलातुन्±मफाईलुन्±फाइलातुन्
भए खाए/जिन्दगानी/सधैँ राम्रो/हुन्छ प्यारी
तिमी आए/जिन्दगानी/सधैँ राम्रो/हुन्छ प्यारी ।
४) खफिफ
फाइलातुन्±मुस्तफ्इलुन्±फाइलातुन् रुक्नको मेलबाट खफिफ बहर बन्दछ । १२ ओटा वर्णमारा निर्माण हुने यो बहरमा चौथो र आठौँ वर्णमा विश्राम पर्छ । खफिफ बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया :
फाइलातुन्±मुस्तफ्इलुन्±फाइलातुन् रुक्नको मेलबाट खफिफ बहर बन्दछ । १२ ओटा वर्णमारा निर्माण हुने यो बहरमा चौथो र आठौँ वर्णमा विश्राम पर्छ । खफिफ बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया :
थाल्छु यात्रा भन्ने अझै तर्सिंदै छमिर्मिरेमा पानी त्यतै बर्सिंदै छ । -बलराम दाहाल
फाइलातुन्±मुस्तफ्इलुन्±फाइलातुन्
थाल्छु यात्रा/भन्ने अझै/तर्सिंदै छमिर्मिरेमा/पानी त्यतै/बर्सिंदै छ ।
५) बहरे बसितमुस्तफ्इलुन±फाइलुन् दुईओटा रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा चौथो र एघारौँ वर्णमा अल्पविश्राम पर्छ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ । बसित बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया हेरौँ :
बेकारमा मैनझैँ गल्दै छ यो जिन्दगी
थोपा बनी पग्लँदै ढल्दै छ यो जिन्दगी । -विभोर बराल
थोपा बनी पग्लँदै ढल्दै छ यो जिन्दगी । -विभोर बराल
मुस्तफ्इलुन±फाइलुन्±मुस्तफ्इलुन±फाइलुन्
बेकारमा/मैनझैँ/गल्दै छ यो/जिन्दगी
थोपा बनी/पग्लँदै/ढल्दै छ यो/जिन्दगी ।
६) मुज्तस
मुस्तफ्इलुन्±फाइलातुन् दुईओटै रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहर बन्दछ । १६ वर्णमाे यस बहरमा चौथो र बाह्रौँ वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ । मुज्तस बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया हेरौँ :

यी वेदना छन् सहेको हेर्ने भए आज आऊ
त्यै दुःख साथी भएको हेर्ने भए आज आऊ । -शैलेन्द्र अधिकारी, हिउँमाथिको जून
त्यै दुःख साथी भएको हेर्ने भए आज आऊ । -शैलेन्द्र अधिकारी, हिउँमाथिको जून
यस सेरमा प्रयुक्त रुक्नलाई यसरी हेर्न सकिन्छ :
मुस्तफ्इलुन्±फाइलातुन्± मुस्तफ्इलुन्±फाइलातुन्
यी वेदना/छन् सहेको/हेर्ने भए/आज आऊ
त्यै दुःख सा/थी भएको/हेर्ने भए/आज आऊ ।
७) सरिअ
मुस्तफ्इलुन् रुक्न दुई पटक र मफ्ऊलात रुक्न एक पटक आउँदा यो बहर बन्छ । ११ वर्ण हुने यो बहरमा चौथो र आठौँ वर्णमा विश्राम पर्छ । सरिअ बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रियालाई हेरौँ :
मुस्तफ्इलुन् रुक्न दुई पटक र मफ्ऊलात रुक्न एक पटक आउँदा यो बहर बन्छ । ११ वर्ण हुने यो बहरमा चौथो र आठौँ वर्णमा विश्राम पर्छ । सरिअ बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रियालाई हेरौँ :
संसारले इष्र्या गरे केही हुन्न
बाटो ढुकी काँडा छरे केही हुन्न । -नारायण निरासी
बाटो ढुकी काँडा छरे केही हुन्न । -नारायण निरासी
मुस्तफ्इलुन्±मुस्तफ्इलुन्±मफ्ऊलातु
संसारले/इष्र्या गरे/केही हुन्न
बाटो ढुकी/काँडा छरे/केही हुन्न ।
८) मुसाकिल
फाइलातुन् एक र मफाईलुन् रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहर बन्दछ । १२ वर्णमाे यस बहरमा हरेक चार वर्णमा विश्राम पर्छ । मुसाकिल बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया हेरौँ :
फाइलातुन् एक र मफाईलुन् रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहर बन्दछ । १२ वर्णमाे यस बहरमा हरेक चार वर्णमा विश्राम पर्छ । मुसाकिल बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया हेरौँ :
आज आफैँ व्यथामा ऊ जलेको छ
प्रीतको त्यो कथामा ऊ जलेको छ । -राज पाखे
प्रीतको त्यो कथामा ऊ जलेको छ । -राज पाखे
फाइलातुन्±मफाईलुन्±मफाईलुन्
आज आफैँ/व्यथामा ऊ/जलेको छ
प्रीतको त्यो/कथामा ऊ/जलेको छ ।
९) जदिद
फाइलातुन् रुक्नको दुईपटक र मुस्तफ्इलुन् रुक्नको एकपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १२ वर्णमाे यस बहरमा हरेक चार वर्णमा विश्राम पर्छ । जदिद बहरमा लेखिएको एउटा सेर र यसमा प्रयुक्त रुक्न हेरौँ :
फाइलातुन् रुक्नको दुईपटक र मुस्तफ्इलुन् रुक्नको एकपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १२ वर्णमाे यस बहरमा हरेक चार वर्णमा विश्राम पर्छ । जदिद बहरमा लेखिएको एउटा सेर र यसमा प्रयुक्त रुक्न हेरौँ :
आउँदा ऊ लाग्छ आए सारा यहाँ
भावनाको गीत गाए प्यारा यहाँ । -विभोर बराल
भावनाको गीत गाए प्यारा यहाँ । -विभोर बराल
फाइलातुन्±फाइलातुन्±मुस्तफ्इलुन्
आउँदा ऊ/लाग्छ आए/सारा यहाँ
भावनाको/गीत गाए/प्यारा यहाँ ।
भावनाको/गीत गाए/प्यारा यहाँ ।
१०) करिब
मफाईलुन् रुक्नको दुई पटक आवृत्ति भई फाइलातुन् रुक्न मिल्दा यो बहर बन्दछ । १२ वर्ण हुने यस बहरमा हरेक चार वर्णमा विश्राम पर्दछ । करिब बहरमा लेखिएको एउटा सेर र यस बहरमा प्रयुक्त रुक्न हेरौँ :
मफाईलुन् रुक्नको दुई पटक आवृत्ति भई फाइलातुन् रुक्न मिल्दा यो बहर बन्दछ । १२ वर्ण हुने यस बहरमा हरेक चार वर्णमा विश्राम पर्दछ । करिब बहरमा लेखिएको एउटा सेर र यस बहरमा प्रयुक्त रुक्न हेरौँ :
बलेकै थ्यो जहाँ आगो घीउ हाल्छन्
नपाई क्यै त्यसै मान्छे ज्यान फाल्छन् । -राधा कणेल
नपाई क्यै त्यसै मान्छे ज्यान फाल्छन् । -राधा कणेल
मफाईलुन्±मफाईलुन्±फाइलातुन्
बलेकै थ्यो/जहाँ आगो/घीउ हाल्छन्
नपाई क्यै/त्यसै मान्छे/ज्यान फाल्छन् ।
११) मदिद
फाइलातुन्±फाइलुन् दुईओटै रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहर बन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा चौथो र एघारौँ वर्णमा अल्पविश्राम पर्दछ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ । यस बहरमा लेखिएको एउटा सेर र यस बहरमा प्रयुक्त रुक्न हेरौँ :

दुख्छु आफ्नै चोटमा रुन्छु आफ्नै पीरमा
कैद भो मेरो खुसी प्रेमकै जञ्जीरमा । -जनक पौड्याल
कैद भो मेरो खुसी प्रेमकै जञ्जीरमा । -जनक पौड्याल
फाइलातुन्±फाइलुन्±फाइलातुन्±फाइलुन्
दुख्छु आफ्नै/चोटमा/रुन्छु आफ्नै/पीरमा
कैद भो मे/रो खुसी/प्रेमकै जञ्/जीरमा ।
१२) तबिल
फऊल्न्±मुफाइलुन् दुईओटै रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा तेस्रो र दसौँ वर्णमा अल्पविश्राम पर्दछ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ । तबिल बहरमा लेखिएको एउटा सेर र यस बहरको निर्माण प्रक्रिया हेरौँ :

अडेसो भएँ सधैँ गलेझैँ भयौ तिमी
म आएँ तिमी भनी ढलेझैँ भयौ तिमी । - पदम गौतम
म आएँ तिमी भनी ढलेझैँ भयौ तिमी । - पदम गौतम
फऊल्न्±मुफाइलुन्±फऊल्न्±मुफाइलुन्
अडेसो/भएँ सधैँ/गलेझैँ/ भयौ तिमी
म आएँ/तिमी भनी/ढलेझैँ/भयौ तिमी ।
मुजाहिफ बहर
यस्तै मुजाहिफ बहरचाहिँ विभिन्न रुक्न र अर्कानहरू टुक्रिएर बनेका बहर हुन् । यस्ता बहरमा मूल रुक्न नभई मूल रुक्नका केही वर्णमारिवर्तित भएर बनेका हुन्छन् । मुजाहिफ बहर जति पनि बन्न सक्छन् । कुनै एउटा रुक्नमा परिवर्तन हुँदा नयाँ बहर बन्न सक्ने हुँदा मुजाहिफ बहरको संख्या यकीन गर्न सकिने स्थिति छ्रैन । केही नेपाली गजलकारहरूले गजललेखनकै क्रममा नयाँ बहरहरू निर्माण गरेर तिनको गजलमा सचेत प्रयोग पनि गरेका छन् ।

प्रचलनमा रहेका केही मुजाहिफ बहरको बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
१) वाफिर बहर
वाफिर बहरको प्रयोग पनि नेपाली गजलकारले धेरै मात्रामा गर्ने गरेका छन् । मुफाइलातुन् -१२१२२) रुक्न अथवा पहिलो वर्णमा्रस्व, दोस्रो वर्णमार्ीघ, तेस्रो ह्रस्व र चौथो र अन्तिम वा पाँचौँ वर्णमार्ीघ हुने यो बहरमा २० ओटा वर्णमाुन्छन् । यसका पनि विभिन्न भेद छन् । मुफाइलातुन् रुक्नको चारपटक आवृत्ति हुँदा बहरे वाफिर मुसम्मन् सालिम बन्छ भने तीनपटक आवृत्ति हुँदा बहरे वाफिर मुसद्दस सालिम र दुईपटक आवृत्ति हुँदा बहरे वाफिर मुरब्बा सालिम बन्छ । पाँच अक्षर र पन्ध्र अक्षरमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुने बहरे वाफिर मुसम्मन् सालिमको निर्माण प्रक्रिया यसप्रकार छ :

नजिस्क सङ्गी/नर्छक आगो/छ सम्झना यो/पवित्र उन्को
म लाखबाजी/मरे नि ज्यूँदै/रहन्छ माया/मभित्र उन्को । - जीत कार्की
म लाखबाजी/मरे नि ज्यूँदै/रहन्छ माया/मभित्र उन्को । - जीत कार्की
२) बहरे हजज मुसम्मन् मकबुज -पञ्चचामर छन्द)
हजजकै एउटा भेद बहरे हजज मुसम्मन मकबुज पनि नेपाली गजलमा धेरै मात्रामा प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ । मुफाइलुन् -१२१२) रुक्नको चारपटक आवृत्ति हुँदा यो बहर बन्दछ । मुफाइलुन्±मुफाइलुन्±मुफाइलुन्±मुफाइलुन् गरी १६ अक्षर हुने यो बहरको यति -विश्राम) ४±८±१२±१६ अक्षरमा हुने गर्छ । अल्पविश्राम चार र बाह्र अक्षरमा हुन्छ भने मध्यविश्राम आठ अक्षरमा हुन्छ । यो बहर पनि पिङ्गल छन्द पञ्चचामरसँग हुबहु मिल्छ । पञ्चचामर छन्द 'ज र ज र ज गु' गणबाट बन्दछ ।

अनन्त पुण्यलाभको म गीतमा रमाउँछुस्वदेशभक्ति रागको म प्रीतमा रमाउँछु । -केशवराज आमोदी, बहरमाला
यो बहरमा पनि मुफाइलुन् रुक्नको चारपटक आवृत्ति हुँदा हजज मुसम्मन् मकबुज हुन्छ भने मुफाइलुन् तीनपटक दोहोरिँदा बहरे हजज मुसद्दस मकबुज र मुफाइलुन् दुईपटक दोहोरिँदा बहरे हजज मुरब्बा मकबुज हुन्छ । बहरे हजज मुसद्दस मकबुजमा लेखिएको गजल सेर प्रस्तुत छ :
गयौ तिमी सबै भुली हतारमादुरी बढ्यो वियोगको बजारमा । -बहरे हजज मुसद्दस मकबुज) - अतीत मनु, गजलमाला
कतै छ मस्त जिन्दगीकतै छ त्रस्त जिन्दगी । -हजज मुरब्बा मकबुज)- सुरेश सुवेदी
३) बहरे हजज अस्तबहरे हजजकै एउटा भेद बहरे हजज अस्तर पनि नेपाली गजलकारको प्रिय बहरअर्न्तर्गत पर्दछ । फाइलातु±फैलुन्±फैलुन्±मफाइलुन् सूत्रमा आधारित यो बहरमा १२ अक्षर हुन्छन् भने छ अक्षरमा मध्यविश्राम पर्दछ ।
बैगुनी छ मन्मा राख्छौ अझै कतिदूर भैसक्यो ऊ डाक्छौ अझै कति -राधा कणेल
यस सेरमा प्रयोग भएका रुक्नलाई यसरी हेर्न सकिन्छ :
फाइलातु±फैलुन्±फैलुन्±मफाइलुन्
बैगुनी छ/मन्मा/राख्छौ/अझै कतिदूर भैस/क्यो ऊ/डाक्छौ/अझै कति
४) बहरे हजज अखरब अवतर मुसद्दस -तोटक छन्द)हजजकै अर्को भेद बहरे हजज अखरब अवतर मुसद्दसमा पनि नेपाली गजलकारले गजल लेख्दै आएका छन् । फइलुन् -११२) रुक्नको चारपटक आवृत्ति हुँदा यो बहर बन्छ । १२ अक्षर हुने तथा छ अक्षरमा मध्यविश्राम हुने यो बहर पिङ्गल छन्द तोटकसँग मिल्छ । तोटक छन्दको सूत्र हुन्छ- स स स स ।
'स' गणको चारपटक आवृत्ति हुँदा तोटक छन्द बन्छ । बहरे हजज अखरब अवतर मुसद्दस -तोटक छन्द) मा लेखिएका केही सेर :
अति सुन्दर छन् व्यवहारहरूहँसिला रसिला अनुहारहरू । - हुसैन खाँयस सेरमा प्रयोग भएको रुक्न यस्तो छ :
फइलुन्±फइलुन्±फइलुन्±फइलुन्
अति सुन्/दर छन्/व्यवहा/रहरूहँसिला/रसिला/अनुहा/रहरू ।
५) बहरे मुजारे बहरे मुजारे पनि नेपाली गजलमा अत्यधिक प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ । मफ्ऊल±फाइलातुन् -२२१±२१२२) दुईपटक आउँदा मुजारे बहर बन्दछ । यो बहर पिङ्गल छन्द दिक्पालसँग मिल्छ । दिक्पाल छन्दको सूत्र हुन्छ त र म ज गु गु । सात अक्षरमा मध्यविश्राम हुने १४ अक्षरको यो बहरमा लेखिएका केही सेरहरू :
आफ्नै बने पराया भन्दै भनेन कैल्यैमान्छे चिनेर मान्छे, मान्छे बनेन कैल्यै । -जय गौडेल, बहरमाला
लोकलयमा गजललेखन :नेपाली समाजमा शदियौँदेखि प्रचलनमा रहेका विभिन्न लोकभाकाहरू नै लोकलय हुन् । लोकलय विभिन्न छन् । नेपाली कविता, गीत र गजल साहित्यमा धेरै मात्रामा प्रयोग हुने लोकलय मूलतः दुईओटा छन् । ती हुन्- झ्याउरे र सवाइ ।
१) झ्याउरे लयझ्याउरे लयमा नेपाली गजलकारले धेरै मात्रामा गजल लेखेका छन् । तीन±दुई/तीन±दुई/तीन±तीन मात्रा गरी १६ मात्रामा लेखिने झ्याउरे लयमा नेपाली जनज्रि्रो अभ्यस्त भइसकेको कारण पनि यो लय बढी मात्रामा प्रयोग भएको हो । शास्त्रीय छन्दमा जस्तो अक्षर सङ्ख्या र ह्रस्व/दर्ीघको कडा नियम यसमा हुँदैन । भन्नुको मतलब यो लयमा लेख्दा स्वाभाविक व्याकरणको पालना गर्नुपर्छ भने अक्षर सङ्ख्याको आधारमा नभएर उच्चार्य वर्णमाे सङ्ख्याको आधारमा मात्रा गनिने हुँदा यो लय बढी लचकदार पनि मानिन्छ । 'मुनामदन' मा लक्ष्मीप्रसाद देवकोटाले प्रयोग गरेर लोकप्रियता कमाएको यो छन्द पढ्दा र सुन्दा मीठो लाग्छ । झ्याउरे लयमा लेखिएको एउटा सेर र यस लयको निर्माण प्रक्रिया :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमाकिन हो कुन्नि रुँदै छ कोही जुनेली रातमा - ललिजन रावल
यस सेरको उच्चारण यस्तो हुन्छ :३±२ ३±२ ३±३
हिमाली, हावा/बग्दै छ, किन/नौलो त्यो मातमाकिन हो, कुन्नि/रुँदै छ, कोही/जुनेली रातमा
२) सवाईझ्याउरेपछि अत्यधिक प्रयोग हुने लोकलय सवाई हो । नेपाली गजलमा यो लय अत्यन्तै धेरै मात्रामा प्रयोग भइरहेको छ । चौध मात्रा हुने यो लयको अल्पविश्राम चार मात्रामा र मध्यविश्राम आठ मात्रामा हुन्छ । यो लयमा लेख्दा चार±चार±चार±दुई मात्रामा लेख्नु राम्रो हुन्छ । सवाइमा लेखिएको एक सेर र यसको उच्चारण :
तिमीलाई जिताउन हार्न मन लाग्योआफूलाई अन्त कतै र्सार्न मन लाग्यो । - मनु ब्राजाकी
४ ४ ४ २
तिमीलाई/जिताउन/हार्न मन/लाग्योआफूलाई/अन्त कतै/र्सार्न मन/लाग्यो ।
स्वनिर्मित लय :गजल मूलतः प्राविधिक संरचनामा आवद्ध शास्त्रीय विधा हो । यसका आफ्नै विधिविधान छन् । तीमध्ये लयबद्धता पनि गजलको एउटा अनिवार्य तत्त्व हो । गजल गाइनर्ुपर्छ, नगाइए पनि गजलमा गेयात्मकताचाहिँ हुनै पर्छ । यर्सथ गजललाई गेयात्मक बनाउनको लागि विभिन्न छन्द या बहरमा लेख्नु उत्तम मानिन्छ । बहर या छन्दमा नलेखे पनि लोकलयमा लेख्न सकिन्छ, जुन माथि उल्लेख गरिसकिएको छ । लोकलयमा पनि लेख्न अप्ठ्यारो लागेमा गजलकारले स्वनिर्मित नै भए पनि कुनै लयको सिर्जना गरेर गजल लयबद्ध बनाउन सक्छ । यस्ता लयलाई स्वनिर्मित लय भनिन्छ ।
स्वनिर्मित लय पनि दुईप्रकारले निर्माण हुन्छ- सममात्रिक र आक्षरिक ।
उच्चार्य सममात्रिक लय :उच्चार्य सममात्रिक लय आक्षरिक लयभन्दा राम्रो मानिन्छ । सममात्रिक लयमा गजल लेख्दा अक्षर सङ्ख्यालाई आधार नमानेर उच्चार्य वर्णमाे सङ्ख्यालाई आधार मानिन्छ । सवाई वा झ्याउरे लयमा झैँ उच्चारणको आधारमा वर्णमाङ्ख्या निर्धारण हुने हुँदा यसलाई आक्षरिक नभएर सममात्रिक -समान मात्रा हुने) लय भनिएको हो । नेपाली गजलको पुनर्जागरणयताका धेरैजसो गजलकारले यही सममात्रिक लयमा गजल लेख्दै आएका छन् । सममात्रिक लयमा लेख्नेहरूले ६ मात्रादेखि १८ मात्रासम्मका गजल लेखेका पाइन्छ । सममात्रिक लयमा गजल लेख्दा सामान्यतयाः १२, १४ र १६ मात्रामा लेख्नु राम्रो मानिन्छ । १२, १४ र १६ मात्रामा लेखिएका गजलमा सङ्गीत भर्न र गाउन सजिलो हुने गर्छ ।
समान मात्राद्वारा निर्माण हुने लय नै सममात्रिक लय हो । उच्चारण गर्दा गजलको पहिलो सेर मतलाको माथिल्लो पङ्क्ति -मिसरा ए उला) मा जति मात्रा हुन्छन् त्यस गजलको अन्तिम सेर मकतासम्म नै त्यति नै मात्रामा लेखिनु नै सममात्रिक लयमा गजल लेख्नु भन्ने बुझिन्छ । सममात्रिक लयमा गजल सिर्जना गर्ने पुराना गजलकारमा ललिजन रावल अग्रपङ्क्तिमा आउँछन् भने त्यसपछि रवि प्राञ्जल, मनु ब्राजाकी, घनश्याम परिश्रमी आदिको नाम उल्लेख्य छ । ०५० कै दशकमा गजललेखनमा लागेका देवी नेपाल, पदम गौतम, सुरेश सुवेदी, घनेन्द्र ओझा, चंकी श्रेष्ठ, प्रभाती किरण, बागियान शर्मा, नेत्र एटम आदि लयबद्ध गजललेखनमा अग्रपङ्क्तिमा आउँछन् ।
१६ मात्राको लयमा लेखिएका केही सेर :१६ मात्रामा लेखिएको गजलमा हरेक चार मात्रामा विश्राम -यति) हुन्छ । चार मात्रा र बाह्र मात्रामा अल्पविश्राम हुन्छ भने आठ मात्रामा मध्यविश्राम हुन्छ । १६ मात्रामा लेखिएका केही सेर :
माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँएकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ । - मनु ब्राजाकी
यस सेरमा प्रयुक्त लयविधानलाई यसरी हेर्न सकिन्छ :
मा±या±भन्±ने/ति±म्रो±ना±सो/ज±ब±मै±ले/मा±सि±दि±एँए±क±प±ट±क/रो±एँ±अ±नि/आँ±सु±पु±छी/हाँ±सि±दि±एँ ।
४ ४ ४ ४
१६ मात्राको लयमा लेखिएका केही सेर१६ मात्राको लयपछि नेपाली गजलमा अत्यधिक प्रयोग हुने लय १४ मात्राको लय हो । सवाई -जुन माथि नै उल्लेख गरिएको छ) जस्तै भए पनि यो लयमा सवाईमा भन्दा थोरै लचकता हुन्छ । सवाईमा चाहिँ चार±चार±-चार±दुई वा छ) मात्रा गरी १४ मात्रा हुनुपर्छ भने यो लयमा समग्रमा १४ मात्रा हुनुपर्छ । अथवा चार±दुई±चार±चार मात्रा भए पनि हुन्छ । यसैगरी दुई±चार±दुई±चार±दुई मात्रा भए पनि हुुन्छ । यो लयमा गजल लेख्दा यति -विश्राम) मा विशेष ख्याल गर्नुपर्दछ । यो लयको चार मात्रामा अल्पविश्राम र आठ मात्रामा मध्यविश्राम हुन्छ । कुनै पनि स्थानमा विश्रामभङ्ग नगर्न राम्रो मानिन्छ । अल्पविश्राम भङ्ग क्षम्य भए पनि मध्यविश्राम भङ्ग गर्नु गजलकारको कमजोरी मानिन्छ ।
१४ मात्राको सममात्रिक लयमा लेखिएको एउटा सेर र यसको उच्चारण हेरौँ :
भत्केको छ मेरो मनको आकाश आजभोलिदेखिँदैन मनमा कतै प्रकाश आजभोलि । - दीपसागर पन्त 'प्यासी'
यसको उच्चारण :४ ४ २ ४
भत्केको छ/मेरो मनको/आकाश/आजभोलि देखिँदैन/मनमा कतै/प्रकाश/आजभोलि ।
भत्केको छ/मेरो मनको/आकाश/आजभोलि देखिँदैन/मनमा कतै/प्रकाश/आजभोलि ।
बिजोर मात्रामा लयबद्ध गजललेखन
यसरी नै बिजोर मात्रामा पनि लयबद्ध गजल लेखिँदै आएको छ । ९, ११, १३ र १५ मात्रामा पनि लयबद्ध गजल लेख्न सकिन्छ । बिजोर मात्रामा गजल लेख्दा बिजोर मात्राको शब्दलाई अन्त्यमा राख्नु राम्रो हुन्छ । यदि बीचमा बिजोर मात्राको अक्षर राखिन्छ भने तलका हरेक मिसरामा बिजोर मात्रा भएको स्थानमा बिजोर मात्राकै शब्द राख्नु पर्दछ । बिजोर मात्रामा लेखिएका केही सेर :
बेहोसीमै ढलिरहेँ तिम्रो गल्लीमाजिन्दगी नै छलिरहेँ तिम्रो गल्लीमा । -१३ मात्रामा लेखिएको गजल) - बुद्धिसागर चपाइँ
आक्षरिक लय
अक्षर सङ्ख्यालाई आधार मानेर पनि लयबद्ध गजल लेख्न सकिन्छ । आक्षरिक लय भनिने यस्तो लयमा अक्षर सङ्ख्यालाई आधार मान्दा पुर्ण् अक्षरको प्रयोग गर्नु राम्रो हुन्छ । हलन्त लागेका वा जोडिएर आएका अक्षरको प्रयोगले यस्तो लयमा अवरोध सिर्जना गर्ने सम्भावना प्रबल हुन्छ । केही पुराना र केही सिकारु नेपाली गजलकारले यस किसिमको लयमा गजल लेख्दै आएका छन् । लयको सामान्य चेतना भएका तर लयको बारेमा पर्याप्त ज्ञान नभएका गजलकारले यस्तो लयमा गजल लेख्ने गरेका छन् । ६ अक्षरदेखि २० अक्षरसम्मका गजल लेखिएको पाइन्छ । आक्षरिक लयमा लेखिएका केही सेर :
हिजो थियो जो उही रात नै छ
अल्छी गर्यो कि कहीँ घामले नै । -११ अक्षरको आक्षरिक लय)
- बूँद राना
बिर्सन त खोज्दछु सम्झना झन् आउँछ
जहाँजहाँ तिमी छौ त्यतै मन धाउँछ । -१४ अक्षरको आक्षरिक लय)
- माधव खतिवडा
निष्कर्षः
गजल गेय विधा हो । गेय विधा भएको कारण गजल गाउन योग्य हुनर्ुपर्दछ । गजललाई गेय बनाउन लयबद्ध ढङ्गले लेखिनर्ुपर्छ । लयबद्ध लेख्नको लागि विभिन्न विधि वा तरिकाहरू छन् । शास्त्रीय छन्द, फारसी बहर, नेपाली लोकलय, स्वनिर्मित सममात्रिक लय वा आक्षरिक लयमध्ये कुनै लयको प्रयोग गरेर गजललाई गेयात्मक बनाउन सकिन्छ । शब्द र अर्थको संयोजनले मात्र कुनै पनि सिर्जना गजल बन्न सक्दैन । काफिया, रदिफ, मिसरा, मक्ता, तखल्लुस इत्यादि भनेका गजलका बाहिरी आवरण मात्र हुन् । भित्री सौर्न्दर्य त गजलको भाव, प्रस्तुति, शिल्प र लयमा हुन्छ । यसकारण बाहिरी तत्त्वको पालना गर्दै भाव, प्रस्तुति, शिल्प र लय पक्षमा पनि गजलकार सचेत हुनु जरुरी छ । तबमात्र असल र उत्कृष्ट गजल सिर्जना हुन सक्छ ।
0 comments