जति जन्म मिल्छ
केटा
: जति जन्म मिल्छ मलाई सधैं तिम्रो बन्न सकुँ,
केटी
: मैले पनि जन्मौ जन्म, तिमी मेरो भन्न सकुँ ।
दुबै
: चोखो माया समर्पणले हर जीवन धान्न सकौ ।
केटा
: धरतीलाई ओछयाएर खुल्ला आकाश ओढेपनि,
केटी
: नछुटोस् है नाता हाम्रो, प्राणले साथ छोडेपनि ।
केटा
: जति जन्ममिल्छ मलाई सधैं तिम्रो बन्न सकुँ,
केटी
: मैले पनि जन्मौ जन्म, तिमी मेरो भन्न सकुँ ।
दुबै
: चोखोमाया समर्पणले हर जीवन धान्न सकौ ।
केटा
: चन्द्र सूर्य बाँचेसम्म बाँचोस् हाम्रो मायापनि,
केटी
: हर मोडमा साथै हुन्छु सधैं तिम्रो छायाँ बनि ।
केटा
: जति जन्ममिल्छ मलाई सधैं तिम्रो बन्न सकुँ,
केटी
: मैले पनि जन्मौ जन्म तिमी मेरो भन्न सकुँ ।
दुबै
: चोखोमाया समर्पणले हर जीवन धान्न सकौ ।।
0 comments