तीन गेडीहरु

१)
आउ नाचौ सोल्टिनी, मादलुको तालमा,
सोल्टा सोल्टि मिलेर, भागौ यहि सालमा ।
कसौला,
जूनीभरि, सँगै बसौला ।
२)
चोट लाग्दा मलाई, तिमीलाई दुखेछ,
हाम्रो मायाँ देखेर, हिमचुली झूकेछ ।
छाँयामा,
खुशी भेटे, तिम्रै मायाँमा ।
३)
देश दुख्या देखेर, रोयो अरे कोइली,
लेकैभरि गुराँस, सुक्यो अरे ओइली ।
दर्केर,
जाउँ यूवा, घर फर्केर ।

0 comments

Post a Comment