पर्यो बन्धकीमा
आयौ किन पाहुनाबनि, मेरो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि ,पर्यो बन्धकीमा ।
मीठामीठा सपनाबाँडि, धेरै मायाँ गर्यौ,
फूल्न लाग्दा रहरहरु, तिमी पारी तर्यौ ।
खुशीहरु तिम्रै साथमा, गयो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि पर्यो बन्धकीमा ।
बाँचौ भन्ने सहासपनि, पर्यो बन्धकीमा ।
नचाहेरै साईनो टुट्यो, भाग्य फूटेपछि,
बिरानो भो मुस्कानपनि, साथै छुटेपछि ।
रोई रोई जीउनु पर्ने, भयो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि, पर्यो बन्धकीमा ।
आयौ किन पाहुनाबनि, मेरो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि, पर्यो बन्धकीमा ।।
रचनाकाल : १९ दिसेम्वर २०१०
दोहा, कतार ।
0 comments