गजल

रोग भोक शोकजति, मेची काली तारौ अब,
सुख शान्ति फलाउने, हामो माटो पारौ अब ।

गरे फल्छ सुन यहाँ, मलिलो छ हाम्रो माटो,
लह लह धान झूल्ने, पाखो बारी खारौ अब ।

उर्वर छ भनि जान्ने, छिमेकीले आँखा गाडे,
दाजु भाई मिलीजुली, साँध सीमा बारौ अब ।

सम्पदाको धनी माटो, गरीबिका रेखा मुनि,
होस्ते हैसे गरि गरि, गरीबि नै फारौ अब ।

देश दुख्दा पर भाग्यौ, जन्मदिने माटो छाडी,
भाग्ने मन खनि जोती, देशभित्रै नारौ अब ॥

रचनाकाल : २८ डिसेम्बर २०१०
दोहा कतार ।

0 comments

Post a Comment