एघार सिङ्गे हाईकु

१)
धर्म गर्ने रे,
अन्धविश्वासीहरु
पाप कमाए ।
२)
हामी मिलेर,
हिडेका गोरेटामा
खुशी फूलेछ ।
३)
मन बौलायो,
तिमी टाढा हुनाले
नजिक आउ ।
४)
रावा सुसायो,
तिम्रो मन रोयो कि ?
म टाढा हुदाँ ।
५)
औशीको रात,
तिम्रो आगमनले
चाँदनी हाँस्यो ।
६)
हैरान हुन्छु,
हिजो आजका मान्छे
लुटेरा भए ।
७)
बस्ति बस्तिमा,
नखोज्नु है मलाई
स्वर्ग जादैछु ।
८)
सपना देख्छु,
सगरमाथा नाघ्ने
टुटेको मन ।
९)
जान्ने मन छ,
के भूल थियो मेरो
छाडेर गयौ ।
१०)
हाम्रो सम्वन्ध,
यति मात्र लेखेछ
छुटिनै पर्‍यो ।
११)
खुशी रहनु,
त्यो नयाँ संसारमा
मेरो कामना ।

0 comments

Post a Comment