गजल
नगर भो प्रितको कुरा, पिरतीले लुटेको छ,
घात भयो मलाई यहाँ, मेरोदिल टुटेको छ ।
बेहाल छ जीवन आज, धरतीमा बोझ भए,
सपनाको मुहान सारा, चर्किएर फूटेको छ ।
रहरको विस्कुन लाग्दा, खुशीपनि पराई भो,
कसम हो मनले आफ्नै, प्राण हर्न जुटेको छ ।
पहिले त भनेकी थिई, जूनीभरि साथ दिन्छु,
होला भनि भरमा परे, आज साथ छुटेको छ ।।
रचनाकाल : १९ अक्टोबर २०१०
दोहा कतार ।
0 comments