मायाँमा खोट थियो
मायाँगरे आफ्नै सम्झि, त्यै मायाँले चोट दियो,
के थाहानि सोझोलाई, त्यै मायाँमा खोट थियो ।
हिँउदको हिमाल झै, आफै भित्र खुलेको थे,
उस्को साथ पाँउदा त, दुनियाँनै भूलेको थे ।
धोकोखाँए चालपाँए, खुल्नुभूल्नु व्यर्थ थियो,
उस्कै भर पर्ने हुँदा, निर्मोहीले धोका दियो ।
मायाँगरे आफ्नै सम्झि, त्यै मायाँले चोट दियो,
के थाहानि सोझोलाई, त्यै मायाँमा खोट थियो ।
सपनाको कुरै छाडौ, बाँच्नै गाह्रो हुन थाल्यो,
हिजो सम्झि आजफेरि, मेरो मन रुन थाल्यो ।
मायाँ गर्ने बहानामा, सारा खुशी लुटि लियो,
साराखुशी सुम्पे मैले, आखिरीमा धोका दियो ।
मायाँगरे आफ्नै सम्झि, त्यै मायाँले चोट दियो,
के थाहानि सोझोलाई, त्यै मायाँमा खोट थियो ॥
रचनाकाल ०९ अक्टोवर २०१०
दोहा कतार ।
0 comments