तीन मुक्तक

रगत रातो भए पनि नजर फरक हुन्छन्,
कर्म गर्न डराउँने चै पापको बाटो चुन्छन् ।
हर कर्मको हिसाव गर्छन् भगवानले यहाँ,
सत्कर्मकै पाईलाले चोमोलुङ्गमा छुन्छन् ।।१।।

पाउनु अनि गुमाउनुको लेखा जोखा नगर्दा,
काँम्दैन यी पाइलाहरु सयौ जंघार जो तर्दा ।
न त मनमै दुख्छ कतै न त जल्छ छातीनै,
खुशीले’नि जोरीखोज्दै आफूबाट अन्तै सर्दा ।।२।।

खण्डितमन जोड्न सक्ने कै हो यो जिन्दगी,
सही गोरेटो मोड्न सक्ने कै हो यो जिन्दगी ।
आशा मारी निरास पाल्ने मन हरुको होईन,
उत्सव सधै गोड्न सक्ने कै हो यो जिन्दगी ।।३।।

0 comments

Post a Comment