गीत– चोखोमाया गर्नेहरु
माया फेर्न हतार गर्छन् स्वार्थ साँघु तर्नेहरु,
यादमापनि बाँच्न सक्छन् चोखोमाया गर्नेहरु ।
जालीबनि रम्ने मान्छे बहानामा टाढा जान्छन्,
पिरतीमा जम्ने मान्छे धर्तीआकाश एउटै भन्छन् ।
पर्र्खाइमा जूनी फाल्छन् मायामाथि मर्नेहरु,

झूटो माया गर्ने मान्छे मायासँग फाइदा खोज्छन्,
चोखो माया दिने मान्छे समर्पणको बाटो रोज्छन् ।
हाँसी हाँसी प्राण त्याग्छन् चोखो माया छर्नेहरु,
यादमापनि बाँच्न सक्छन् चोखोमाया गर्नेहरु ।।
१८ नोभेम्वर २०११
काठमाडौं ।

0 comments