गजल
टुक्रिएको सपना सिलाउँछन् यहाँ कोही मान्छेहरु,
आशामाथि जहर पिलाउँछन् यहाँ कोही मान्छेहरु ।
यात्रासँगै गरौ भन्ने कति छुटी जान्छन् दोबाटोमै,
माया गर्दा पीडा दिलाउँछन् यहाँ कोही मान्छेहरु ।
माना पाथी तुलो पार्नुहुन्न तल माथी भन्ने सुन्थे,
भर्दा जोख्दा मुठी हिलाउँछन् यहाँ कोही मान्छेहरु ।
धनको भोका देखे जताततै त्यसैले त हिजोआज,
शुद्धदुधमा पानी मिलाउँछन् यहाँ कोही मान्छेहरु ।
घैटाभित्र घामले छिरेपछि आफ्नै मनको बैरी हुँदै,
पश्चतापले जलि बिलाउँछन् यहाँ कोही मान्छेहरु ।।
०३ मे २०१२
दोहा, कतार ।

0 comments