गजल

विश्वास ढाल्यौ ! अनि पो त बाचा तोडियो,
पाच्य भएन त्यो तिम्रो झुट बाटो मोडियो ।

दुख्दै दुख्दैन अचेल मलाई हाम्रो सम्वन्ध,
झर्‍यो पर्दा तिम्लाई चिने, साइनो छोडियो ।

बीसको उन्नीस हुँदै भएनन् त्यता घमन्ड,
सम्मानगर्ने प्रिय मनसँगै यी हात जोडियो ।

पानीमाथिको आवानो भै जे भन्छौ भन्देउ,
जस्ले ओतायो खुशीलाई त्यसलाई गोडियो ।।

0 comments

Post a Comment