मुक्तक
लुकाएर यो मुटुमा सजाउँला नयन भरी,
तिम्रो दिलमा म त माली'भै घुम्छु परी ।
बितेका पल सबै भुली नयाँ यात्रा थालौं,
हाम्रो मुटु एउटै बनाउ कैले नछुट्ने गरी ।।
दोबाटोले जिन्दगीमा मलाई एक्लो पारेपनि,
खुशी लुट्दै निर्मोहिले बस्ति अन्तै सारेपनि ।
फुर्सद छैन दु:खी हुने शिखर पुग्नु पर्छ मैले,
भाग्ने छैन जीवनसँग हरदम बाजी हारेपनि ।।
हर मुस्किलको सामना गर्नै पर्छ साथी,
एकातिर हर्ला तर अर्कोतिर भर्छ साथी ।
यहाँ हाम्ले हरेक मोडमा कर्मगर्दै जाऊँ,
जे गर्छ इश्वरले राम्रैकैलागि गर्छ साथी ।।

0 comments