गजल
जसै तिम्रो मुटू भित्र, यो मनको बास भयो,
अचम्मै भो जिन्दगीमा उमंगको रास भयो ।
हिजो भोगाई दुखेपछि उजाड भा’थ्यो रहर,
बहार बोकी आइछौ क्यारे मधु–मास भयो ।
अर्थहिनछ भन्थे जीवन खुदै उहिले हरपल,
तर तिम्रै साथले अचेल, जीवन खास भयो ।
ममताले सिचाई गर्दै, रेख देख गर्यौ र पो,
जिते मैले दुनियालाई सफलता दास भयो ।।
अचम्मै भो जिन्दगीमा उमंगको रास भयो ।
हिजो भोगाई दुखेपछि उजाड भा’थ्यो रहर,
बहार बोकी आइछौ क्यारे मधु–मास भयो ।
अर्थहिनछ भन्थे जीवन खुदै उहिले हरपल,
तर तिम्रै साथले अचेल, जीवन खास भयो ।
ममताले सिचाई गर्दै, रेख देख गर्यौ र पो,
जिते मैले दुनियालाई सफलता दास भयो ।।
0 comments