गीत– मेरो भाग्य

एक्लो हुँदा गोधुली’नि पोल्छन् किन यति धेरै,
कुन मसिले लेख्यो कुन्नि, दुख्नुपर्ने भाग्य मेरै ।

यात्राभर्न हतार सबै, कोहि छैनन् आफ्नो मेरा,
भक्कानोभै सपना दुख्दा भन्दैनन् खै कठै बरा ।
मलाई देख्दा आफ्नोहरु बाटो काट्छन् परपरै,
कुन मसिले लेख्यो कुन्नि दुख्नुपर्ने भाग्य मेरै ।

पीडाहरु जिलाईदिने माली भेट्न पाए हुन्थ्यो,
माली भेटे जिन्दगीले नयनभरि खुशी थुन्थ्यो ।
रहर खेप्दै माली भेट्ने आधी जोबन गयो खेरै,
कुन मसिले लेख्यो कुन्नि दुख्नुपर्ने भाग्य मेरै ।।

0 comments

Post a Comment