तीन मुक्तक

तिम्रो मेरो सम्वन्धलाई मूर्त रुप दिन पाए,
झेल्न सक्थ्यो ज्यानले आँधी तुफान आए ।
मनले पाल्यो रहर एक तिमीसँग यात्रागर्ने,
मनोकांक्षा पूरा हुन्यो, अजम्वरी प्रित लाए ।।

फुलेपछि झर्नु भाग्यमा सबैको,
यहाँ मान्छेनै मान्छेको शत्रु भो ।
अरुलाई खसाली के पाउँछ भन,
माटोमा मिल्ने त रित्तो हातै हो ।।

खै किन बैमान बन्दैछ यी रात अचेल,
पर्खाईमै बस्नुपर्ने लाग्यो मात अचेल ।
कस्तो जादू हुँदो रै छ कसैको बोलीमा,
सधैं सुनौ लाग्छ'है उसकै बात अचेल ।।

0 comments

Post a Comment