गजल

पत्थर भा’छन् मनुवा औकात नापेकोछु,
कोमल देख्छु तिम्लाई दिलमा छापेकोछु ।

सोच्दै नसोच तिमी घात पो गर्ला भन्ने,
बिश्वास गर्दा कैयन घातलाई तापेकोछु ।

तिम्रो मायाको प्यास बढ्न थाल्यो यता,
भरी देउन चोखो माया, झोली थापेकोछु ।

ख्याल राख्छु हरपल बन्छु असल माली,
सोध्नु ज्योतिषीलाई तिम्लाई फापेकोछु ।।

0 comments

Post a Comment