गजल
अरुको त तराई अरे आफ्नो दुःख पहाड भन्छौ,
आफूमात्र मानव मान्दै अरु सारा दानब गन्छौ ।
पाउँदा खेरी माया हुने, गुमाउँदामा स्वार्थ भन्दै,
पूज्नु पर्ने मायाको नै तिमीले त खोइरो खन्छौ ।
आफू भलो जगत भलो भन्ने मन्त्र भुल्नु हुन्न,
आफ्नो कालो पर्दागर्दै पराई दोषी मानी रन्छौ ।
मेरो गोरु बाह्रै टक्का भन्ने अड्डि कस्छौ भने,
आफ्नै रागले चाउरीने मरिच झै पक्का बन्छौ ।।

0 comments