गीत– हाम्रो चोखो

चखेवाको जोडी देखी जल्छ कोही जल्न दिउँ,
तर हाम्रो चोखो माया सधैं फूलि फल्न दिउँ ।

मायाप्रेमले सिगार्नु छ जाली बस्ने धरतीलाई,
अनिमात्र सम्मान गर्लान् मनुवाले पिरतीलाई ।
गाउँघरमा तिम्रो मेरो चर्चा चल्छ चल्न दिउँ,
तर हाम्रो चोखो माया सधैं फूलि फल्न दिउँ ।

विश्वासको दियो जलाई यहाँ यात्रा नाप्नुपर्छ,
कृपा गरी भाग्यले नै हाम्रो घरमा खुशी भर्छ ।
हामी माथि डाहा गर्दै गल्छ कोही गल्न दिउँ,
तर हाम्रो चोखो माया सधैं फूलि फल्न दिउँ ।।

0 comments

Post a Comment