तीन मुक्तक

खोज्दै म जादिन खोज्दै कोहि आउनेछ,
दिल खोलेर उस्ले चोखो माया लाउनेछ ।
बलेको आगो हैन बालेर ताप्ने भेटेदेखि,
भानुले पनि पक्कै नयाँ जीवन पाउनेछ ।।

दिल खोलेर हाँस्नुबोल्नु मर्ने जिन्दगीमा,
ओईलिएको फूल जस्तै झर्ने जिन्दगीमा ।
मर्दा लाने केहि होईन यै सम्झना बाहेक,
वैरत्व नसाँध रित्तै जानु पर्ने जिन्दगीमा ।।

रात नढल्दै बिहानी हुँदैन,
दिल नदुखी, मान्छे रुँदैन ।
दर्द मासेर, कर्म गर्नु पर्छ,
कर्म नगरी शिखर छुँदैन ।।

0 comments

Post a Comment