गजल
तोड्नु हुन्न साईनो वाचाकसम खाएपछि,
जन्मौ जन्म बाँचोस् यहाँ माया लाएपछि ।
नाता तोड्ने फेर्ने, गल्ति नहोस् पिरतीमा,
कुनै दिलमा एकपल्ट खुशीबनि छाएपछि ।
नाफा नोक्सान हेर्न, व्यापार होईन माया,
फूलि फल्छ पिरती बिना स्वार्थ धाएपछि ।
फूलको नयन हाली, दुनियालाई हेर्ने गरौ,
तिरस्कार मासिन्छ चोखो माया पाएपछि ।।
0 comments