गीत– हिजो आज
केही गरौ भन्ने सहास तर्किएर अन्तै भाग्छ,
हिजो आज किन कुन्नि, मृत्यु प्यारो लाग्छ ।
कोही छैनन् कठै भन्ने, मलाई चोट लाग्दा,
दानीपनि भेटिन कोही, न्यानो साथ माग्दा ।
विश्वास मिच्दै मनैभरि गलत रहर जाग्छ,
हिजो आज किन कुन्नि मृत्यु प्यारो लाग्छ ।
लाए’कै हो माया मैले, सारा देउता भाकि,
प्रहार गर्यौ त्यै मायाले मेरो छाती ताकि ।
मेरो भागको मायाले’नि मेरै ज्यान माग्छ,
हिजो आज किन कुन्नि मृत्यु प्यारो लाग्छ ।।

0 comments