तीन मुक्तक

नहुनेपनि छन् यहाँ हुने पनि छन्,
कोहि आँसुले मुख, धुने पनि छन् ।
यहि भीड भाडको, माझमा साएद,
भानुको मनमुटू'नै छुनेपनि छन् ।।

कही कतै यही बोलीले बिजाउँछ,
कतै चाँही उही बोलीले रिझाउँछ ।
किन होला एकै बोलीले धर्तीमा,
मान्छे हेरेर फरक रुप फिजाउँछ ।।

अब यही धर्तीमा स्वर्णिम बस्ति बसाउँछु,
स्वार्थी र झेल्ली मनलाई पताल भसाउँछु ।
घातका बर्षातले चुटेका, सप्पै मन-मुटूमा,
आशा जगाई रहर फुलाई पलपल हसाउँछु ।।

0 comments

Post a Comment