गीत– छातीभित्र
छातीभित्र नेपाल राखौ जता बगेपनि,
बैरी लागे यै छातीले छेकौ ढाल बनि ।
छातीभित्र...........
हरा–भरा डाँडा काडा नागबेली खोली,
सयौंथरी फूलहरुले बोलौ एउटै बोली ।
विश्वमाझ सम्पदामा हाम्रै माटो धनी,
बैरी लागे यै छातीले छेकौ ढाल बनि ।
छातीभित्र...........
बलिदानी इतिहासलाई जोगाउनु पर्छ,
मेचीकाली दुखाउनेलाई भगाउनु पर्छ ।
हेप्न चेप्न खोजे भने ढालौ गनि गनि,
बैरी लागे यै छातीले छेकौ ढाल बनि ।
छातीभित्र..........
बैरी लागे यै छातीले छेकौ ढाल बनि ।
छातीभित्र...........
हरा–भरा डाँडा काडा नागबेली खोली,
सयौंथरी फूलहरुले बोलौ एउटै बोली ।
विश्वमाझ सम्पदामा हाम्रै माटो धनी,
बैरी लागे यै छातीले छेकौ ढाल बनि ।
छातीभित्र...........
बलिदानी इतिहासलाई जोगाउनु पर्छ,
मेचीकाली दुखाउनेलाई भगाउनु पर्छ ।
हेप्न चेप्न खोजे भने ढालौ गनि गनि,
बैरी लागे यै छातीले छेकौ ढाल बनि ।
छातीभित्र..........
0 comments