तीन मुक्तक

उमेर सँगै हिजो सपना थपेर बाँचे,
मन जल्दा तिम्रो नाम जपेर बाँचे ।
पाउनु र गुमाउनु समयकै खेल रे,
मैले'नि गुम्नुको पीडा खपेर बाँचे ।।

यहाँ कुन हालमा छु सक्दिन म बताउन,
नपठाऊ बिम्ती यी याद मलाई सताउन ।
समयले हाम्रोलागि बिछोड बोकि आयो,
निषेधित छ एकअर्कोमा माया जताउन ।।

बाँच्छ केवल यो धर्तीमा मान्छेको चरित्र,
सदैव राख्नु आफ्नो मनलाई चोखो पवित्र ।
झुटको खेती गरेर अरुका नजरमा नगिर,
बन्नु सधैं अरुका नयन नविजाउने मित्र ।।

0 comments

Post a Comment