गजल

तिर्खाएकी जस्तो लाग्यो मेरो माया पिलाई दिउँ कि ?
जूनी भरी साथमा हुने, चाँजो पाजो मिलाई दिउँ कि ?

यस्तो सुन्दर मुहार पनि, देख्छु म त उजाड उजाड,
तिम्रो ओठमा खुशीभर्न सारा बस्ति हिलाई दिउँ कि ?

दिलै खोली बोल्न तिम्लाई सकस भए जस्तै लाग्छ, 
मन फाटेको छ कि कतै, मेरै हातले सिलाई दिउँ कि ?

तिम्ले फूल्दा यो धर्तीमा, आरिष गर्ने हजार होलान्,
डाहा बोक्ने नजर जति खोजिखोजि जिलाई दिउँ कि ?

त्यो दिलमा बिश्राम गर्नै, मनमा रहर बढ्न थाल्यो,
बिहानीको शीत बनेर, तिम्रै दिलमा बिलाई दिउँ कि ?

0 comments

Post a Comment