गीत– माली हुँदा

संसारलाई जित्न सक्छु तिमी ताली हुँदा,
यहाँ फूलि फल्न सक्छु तिमी माली हुँदा ।

उमंगले मलाई चुम्छ तिम्रै समिप बस्दा,
थाम्छु होला पहाडपनि मेरै माथि खस्दा ।  
ओतिने छन् मेरा खुशी तिमी पाली हुँदा,
यहाँ फूलि फल्न सक्छु तिमी माली हुँदा ।

यता छाती बिजाउँछन्, उता तिम्ले रुँदा,
ब्यथाहरु जाती हुन्छ तिम्ले मलाई छुँदा ।
लड्ने छैन यो जिन्दगी तिमी डाली हुँदा,
यहाँ फूलि फल्न सक्छु तिमी माली हुँदा ।। 

0 comments

Post a Comment