मुक्तक
मृत्युलाई पनि जितेर आएँ अरुको के कुरा,
साकार पार्नेछु सपना सारा राख्दिन अधुरा ।
छोटो भो जीवन गर्नु छ धेरै, गरेरै मर्न पाउँ,
विम्ती छ दैव ! हिजो'झैँ, झेली साथ नजुरा ।।
नझुल्कनु यहाँ बिहानी लाली बिनाको,
फूल्नु छ मैले जिन्दगी माली बिनाको ।
जन्मदा र मर्दा एक्लै यात्रापनि एक्लै,
बसाउछु सुन्दर संसार काली बिनाको ।।
मनकै कुरा मानौ'कि म आफन्तको मानौ,
भोली कस्तो होला कुन्नि कसरी खै जानौ ।
द्विविधामा परेकोछु अचाक्लीनै म त यहाँ,
सफलताको शिखर चुम्न कुन बाटो छानौ ।।
साकार पार्नेछु सपना सारा राख्दिन अधुरा ।
छोटो भो जीवन गर्नु छ धेरै, गरेरै मर्न पाउँ,
विम्ती छ दैव ! हिजो'झैँ, झेली साथ नजुरा ।।
नझुल्कनु यहाँ बिहानी लाली बिनाको,
फूल्नु छ मैले जिन्दगी माली बिनाको ।
जन्मदा र मर्दा एक्लै यात्रापनि एक्लै,
बसाउछु सुन्दर संसार काली बिनाको ।।
मनकै कुरा मानौ'कि म आफन्तको मानौ,
भोली कस्तो होला कुन्नि कसरी खै जानौ ।
द्विविधामा परेकोछु अचाक्लीनै म त यहाँ,
सफलताको शिखर चुम्न कुन बाटो छानौ ।।
0 comments