तीन मुक्तक
निराशाको बोझ कवै म खेप्दिन अब,
निष्ठुरीको सम्झना रत्ति चेप्दिन अब ।
पुग्नेछु एक्लै शिखरमा कुनैदिन हेर,
निम्छर भनि आफैलाई हेप्दिन अब ।।
म यात्रा गर्दैछु जिन्दगी भेट्न,
कोहि खोज्छन् पदचाप मेट्न ।
भोगाईले चुटेर खँदिलो भा'छु,
सक्दैनौं कसैले विश्वास रेट्न ।।
भोगाई तितो भएपनि जिउदैछु मीठै मानी,
बिन्दाससँग झेलेकोछु यात्राभरी घामपानी ।
पाउनु र गुमाउनुको लेखा जोखा किन गरूँ,
सर्वश्व नै गुम्दापनि चलेको छ जिन्दगानी ।।
0 comments