गीत– यात्रामा

मनमा भने घातैघात मीठा गर्थे बातहरु,
साथी भयो गोरेटोमा गला रेट्ने हातहरु ।

हरसाँझ सम्झनाले जब नयन मिलाउँछ,
अनिदैमा कयौ प्रहर बिहानीमा बिलाउँछ ।
धेरै आयो जिन्दगीमा जागै बस्ने रातहरु,
साथी भयो गोरेटोमा, गला रेट्ने हातहरु ।

आशाहरु टुटे पछि, सबै टुट्यो बन्दा बन्दै,
पछुतोमा जल्दैछु म भुल मेरै थियो भन्दै ।
फुर्सदमा हिजो आज, केलाउँदैछु घातहरु,
साथी भयो गोरेटोमा, गला रेट्ने हातहरु ।। 

0 comments

Post a Comment