गीत– माया
तिम्लाई बिज्ने पीडाहरु, सारा सारा हर्छु,
तिम्रो ओठमा सधैं सधैं मुस्कानहरु भर्छु ।
बिहानीको शीत जस्तो बन्नु हुन्न माया,
नहोस् कै'ले हाम्रो माया अधेरीको छायाँ ।
न्यानोचोखो समर्पणले तिम्रो गस्ति गर्छु,
तिम्रो ओठमा सधैं सधैं मुस्कानहरु भर्छु ।
जून पनि डुबि जान्छ, फूल आईली झर्छ,
नडुब्ने नओईलिने माया, हाम्रो हुनु पर्छ ।
यस्तै माया दिन्छौ भन्ने भरोषा मं गर्छु,
तिम्रो ओठमा सधैं सधैं मुस्कानहरु भर्छु ।।
0 comments