गीत– माटो मोह

यो छातीमा नेपाल छ जून भूगोलमा रहेपनि,
कम्सल हुन्न माटो मोह नौडाडापार भएपनि ।

साँझबिहान सम्झनामा आफ्नै गाँउघर हुन्छ,
उता मेचीकाली दुखे यतापनि यो मन रुन्छ ।
मन त सधैँ नेपाली हो पराई देशमा रहेपनि,
कम्सल हुन्न माटो मोह नौडाडापार भएपनि ।

चन्द्र सूर्य ध्वजा बाहेक, अरु सामु झुक्ने छैन,
माटोले मागे ज्यानदिन्छु पछि हटि लुक्ने छैन ।
आफ्नै देशमा समाधी होस् समुन्द्रपार रहेपनि,
कम्सल हुन्न माटो मोह नौडाडापार भएपनि ।।

0 comments

Post a Comment