मुक्तक

सधैं कहाँ सकिन्छ हाउ आफ्नो मनलाई ढाट्नु,
यहाँ खुशी मिल्दा खेरी खै को सँग खुशी साट्नु ।
सपना थियो के के गर्ने एकबारको जिन्दगीमा,
यथार्थ भो हरेक मोडमा धुजा-धुजा भई फाट्नु ।।

ए ! मनुवा तिम्ले यहाँ असल कर्म गरेर जानु,
नील काँडाका नयनभरि मायाप्रित भरेर जानु ।
तिरस्कार, डाहा ईष्या जमाई पाउने केहि छैन,
हाम्रै समिप छ सत्य सबैले पर्नेछ मरेर जानु ।।

भोगाई तितो भएपनि जिउदैछु मीठै मानी,
बिन्दाससँग झेलेकोछु यात्राभरी घामपानी ।
पाउनु र गुमाउनुको लेखा जोखा किन गरूँ,
सर्वश्व नै गुम्दापनि चलेको छ जिन्दगानी ।


0 comments

Post a Comment