गीत– आशा
हाम्रो नाता अमर बन्छ यस्तै आशा बुन्छु,
छायाँबनि जन्मौजन्म तिम्रै साथमा हुन्छु,
चोखो माया न्यानो साथ, तिमीलाई दिन्छु ।
तिम्लाई दोषी देख्ने नजर, हत्केलाले छेकुँ,
हरेक बिहान आँखा खुल्दा सधैं तिमी देखुँ ।
अंगालोमा तिमी हुँदा शिखरलाई म छुन्छु,
छायाँबनि जन्मौजन्म तिम्रै साथमा हुन्छु,
चोखो माया न्यानो साथ, तिमीलाई दिन्छु ।
तिमी आयौ जिन्दगीमा उत्सव बुझेँ मैले,
थामेका यी हात तिम्ले, नछाडी देउ कैले ।
फेरि जन्म मिल्यो भने तिम्रो साथ चुन्छु,
छायाँबनि जन्मौजन्म तिम्रै साथमा हुन्छु,
चोखो माया न्यानो साथ तिमीलाई दिन्छु ।।
छायाँबनि जन्मौजन्म तिम्रै साथमा हुन्छु,
चोखो माया न्यानो साथ, तिमीलाई दिन्छु ।
तिम्लाई दोषी देख्ने नजर, हत्केलाले छेकुँ,
हरेक बिहान आँखा खुल्दा सधैं तिमी देखुँ ।
अंगालोमा तिमी हुँदा शिखरलाई म छुन्छु,
छायाँबनि जन्मौजन्म तिम्रै साथमा हुन्छु,
चोखो माया न्यानो साथ, तिमीलाई दिन्छु ।
तिमी आयौ जिन्दगीमा उत्सव बुझेँ मैले,
थामेका यी हात तिम्ले, नछाडी देउ कैले ।
फेरि जन्म मिल्यो भने तिम्रो साथ चुन्छु,
छायाँबनि जन्मौजन्म तिम्रै साथमा हुन्छु,
चोखो माया न्यानो साथ तिमीलाई दिन्छु ।।
0 comments