गीत- जुनी जुनी तिम्रै

तिम्रो हुनु बाहेक देख्दिन म अरु विकल्प,
जुनी जुनी तिम्रै भएर बाँच्ने गरे संकल्प ।
   
यी नयनभरी तिमी छौ नशानशा बहन्छौं,
छामी हेर यो मुटूमाझ तिमीनै धड्कन्छौं ।
तिम्लाई नदेखे तड्पिन्छु अबदेखी नअल्प,
जुनी जुनी तिम्रै भएर बाँच्ने गरे संकल्प ।

रहर मेटाई मन छल्दै अन्त म कहाँँ जाउ,
देख्दिन अरु कतै म विश्वास अडिने ठाँउ ।   
आउ अब सम्हाल मलाई अरुतिर नढल्क,
जुनी जुनी तिम्रै भएर बाँच्ने गरे संकल्प ।।

0 comments

Post a Comment