तीन मुक्तक
तिम्रो न्यानो मायाको तृष्णा जागै छ अन्तै फूल्ने सपना कसरी देखुँ म ?
हरपल तिम्रै खोजि गर्ने यी नयनमाथि कुन लोभको पर्दा हालेर छेकुँ म ?
मेरो मन-मुटूमा तिम्रै हाली-मुहाली चल्दैछ अझैपनि हरेक पाईलाहरुमा,
यै हालमा तिम्रो नामोनिशान मेटाई दिलमा अरुकै नाम कसरी लेखुँ म ?
तिमी जस्तै तिम्रा याद'नि टाढा गए हुन्थ्यो,
तिम्रै यादले जल्या छाती निको भए हुन्थ्यो ।
अनि पो त जिन्दगी-ले असल उधम गर्थ्यो,
उधम गर्ने लोभले जीवन मंगलमय हुन्थ्यो ।।
दिलमा सजाई सधैं तिम्रो पूजा गर्न पाए,
खाली तिम्रो सिउँदोमा सिन्दुर भर्न पाए ।
आहा कति स्वर्णिम बन्थ्यो मेरो जीवन,
सुखदु:ख बाँडीचुडी संगै जंघार तर्न पाए ।।
0 comments