मुक्तक

तिम्रो मायामा स्वार्थ थियो जसै मैले जाने,
एक्लै हिड्नु उत्तम ठानी एक्लो सफर छाने ।
आफ्नै मनको राजा हुँ मनले भन्या सुन्छु,
जे भो राम्रैकालागि भो सुझाव मनकै माने ।।

दृष्टि भ्रममात्र हो तिम्रो स्व-बुझाईमा रमाउनु,
पानीमाथिकै ओबानो'भै दोष अरुमा थमाउनु ।
जन्मजात शत्रु हुँदैन जन्माउँछ चर्म-चक्क्षुले,
मनुवा सदभाव बोकेर शान्तिकोपथ समाउनु ॥

चाहना रत्तिपनि होईन तिम्रो दिल दुखाउँ,
स्वाभिमानी तिम्रो शीर अरुमाझ झुकाउँ ।
पढेरहेर मनको आँखाले खुला किताब हुँ,
मरेर लानु के छ र जो तिमीसामु लुकाउँ ।।

0 comments

Post a Comment