गीत– कामना
तिमी हिड्ने गोरेटोमा फूलहरुकै बिस्कुन होस्,
कोमल तिम्रो मन बिजाउने काँडा कतै नहोस् ।
हरपल एउटै कामना छ सधैँ तिमी चम्की रहुँ,
जित्नुपर्छ संसार तिम्ले शिखर छुन लम्की रहुँ ।
तिम्रो उचाई भन्दा हरपल दुनिया होचो रहोस्,

तिमी दुखे दुख्छ मुटू जित्दा खुशी यो मनपनि,
आशा बोकि यात्रा थाल्नु, यहाँ केहि गर्छु भनि ।
धर्तीमाथि जन्मौजन्म तिम्रै चर्चा चल्दै रहोस्,
कोमल तिम्रो मन बिजाउने काँडा कतै नहोस् ।।

0 comments