स्मृतिको क्यान्भासमा बालापन र नयाँ वर्ष

मिमिल्दो हो त सायद म त्यो बालापन फेरी फर्काउँथे । आहा ! कत्ति सुन्दर थिए ती दिनहरू । आफुले चाहेको सबै पाइन्थ्यो । उ बेलाका समय साँच्चिकै मैले भनेको मान्थ्यो । सायद समय भन्दा म बलियो थिएछु ! त्यसैले उ मेरो हुकुमा चल्थ्यो । तेल माथिको फुलौरा बनिन्थ्यो । न शोक न सुर्ता ।  सरदर आयुको हिसाबकिताब गर्दा जीवन यात्राको मध्यान्तरमा पुगेको मलाई बालापनको स्मृतिले आज हिजोतिर नियाल्न अनुरोध गर्‍यो । मलाई आज हिजोतिर घुम्न जान मन लाग्यो । 

उ बेला हाम्रो टोलमा दसजना जति एकै दवालीका भुराभुरी थियौ । बिदाका दिन बाहेक सानो झोलामा कपि, कलम खाँदेर हामी सबै जना हुल बाँधेर स्कुल जान्थ्यौ ।  स्कुलभित्र छिरेपछि कहिले एक बज्ला भन्ने हुन्थ्यो । एक घन्टाको छुट्टी धुलोमाटोलाई दिए पछि फेरी कहिले चार बज्ला हुन्थ्यो । चार बजेको आसपास पुग्दा कान अलि जागा हुन्थे । कहिले घण्टी बज्ला घरतिर सुई कुच्चा ठोक्नु भन्ने धेवन्नामै बसिन्थ्यो । चार बजेको घन्टी बज्नसाथ कक्षा कोठाबाट बाहिरीन सबैलाई हतारो हुन्थ्यो । घन्टी लागेको क्षणभरमै स्कुलको वातावरण चिर निन्द्रामा पुग्थ्यो । चिच्याउँदै कखरा पढ्ने भुराभुरी स्कुलको परिसरबाट धेरै टाढा बेगिइसकेका हुन्थे ।

को पहिला घर पुग्ने होडबाजीले एकैछिनमा घर पुगिन्थ्यो । एउटा कुनामा झोला फालेर खाजा राख्ने ठाउँतिर नजर डुल्न पुग्थे । खाजा बुत्याएर स्कुलको गृह कार्यपनि बुत्याउँनै पर्ने हुन्थ्यो । स्कुलको गृह कार्य सकेपछि सारा बन्धनबाट मुक्ति मिल्थ्यो । वल्लो घर पल्लो घर चाहार्‍यो भुराभरी जम्मा भयो अनि भाँडाकुटी खेल्यो । कहिले लुकामारी । कहिले धुलोमाटोसँग कुस्ति । घरको मान्छेले रातीको खाना खाने उर्दि नगरेसम्म घर छेउछाउको बाँझो पाटोतिर हामीले पहरा दिने कार्यमा आफुलाई ब्यस्त राख्थ्यौ । 

प्राय अरुबेला गोठालो जान अल्छि मान्ने हामीहरू बषर्ायाममा गोठालो जान हतारिन्थ्यौ । त्यो समयमा दिनहुँ गोठालो गईन्थ्यो । स्कुलको बर्खे छुट्टी गोठालो गएरै मास्थ्यौ । त्यसो गर्नुको पनि कारण छन् । बिच जंगलमा रहेको पोखरी हाम्रो जाँगरको कारण थियो । घाम लागोस् या आकाशले आँसु झारोस् त्यसले कुनै प्रभाव पार्दैनथ्यो । वर्षातको बेला गाई बस्तुका चरणको सहकाल हुन्थ्यो । जंगलभरि घाँसहरू मौलिएका हुन्थे । गाई वस्तु जहाँ छाड्यो त्यही वरिपरि  दिनभरि जसो रमाइरहन्थे । त्यसैले हामीलाई पोखरीमा रमाउन समय मिल्थ्यो । पोखरीमा पौडी खेल्न पाउँने भएपछि गोठालो जानुमा हारालुछ चल्थ्यो घरघरमा । एकभन्दा बढीको संख्यामा भुराभुरी हुनेहरूकोमा । 
साल फेरिने छेका बालापनको नयाँ सालहरू हरेक वर्ष याद बनेर मलाई भेट्न आउँछन् । हरेक साल नयाँ वर्षका दिन हाम्रो दसैं हुन्थ्यो । हामीले हरेक साल नयाँ वर्षका दिन भुराभुरीको नो भागमा परेका खारुटोली बनभोज खान जाने चलन बसालेका थियौ । आ-आद्यान्न र भाँडाकुडा बोकेर एकाबिहानै हामी जंगल पस्थ्यौ । पानीको सहकाल भएका ठाउँहरू हाम्रो वनभोजको मुख्य रोजाईमा पर्थे । 
अरु बेला यताको सिन्का यता गर्न नसक्ने हामी अल्छीहरू लाई त्यो दिन काम गर्न खुब जाँगर चल्थ्यो । एकैछिनमा बस्ने ठाउँहरू बन्थे । दाउरा, पानी जम्मा हुन्थे । चुलो खडा हुन्थे । कुखुराको भालेका प्राणहरू जान्थे । भुत्लिन्थे । अनि पाक्थे पनि । पकाउने कलामा हामी कोही पनि पोख्त थिएनौ । घरमा पकाएको देखेको अड्कलबाजीमा खानाहरू पाक्थे । यसरी पाकेको खानाहरू कहिले आधा जल्थे । कहिले काँचै बस्थे । कहिले नुन खुर्सानी कम त कहिले बढी हुन्थे । तर हामी मीठो मानी/नो मेहनत परेको छरुमानी खान्थ्यौ । नखानुपनि कसरी आ । यदि त्यस्ता खाना घरमा पाकेको भए हामी मध्ये कत्तिको थालहरू हुरिन्थे । गुल्ठे गरेर अर्को खानाको माग हुन्थे होला । त्यहाँ त खानै पर्ने हुन्थ्यो । नमीठो भएपनि । नत्र दिनभरि खाली पेटमा बस्नु भन्दा अर्को विकल्प हामी माझ हुन्थेन । हामी घरबाट धेरै टाढा पुगेका हुन्थ्यौ । त्यो दिन हाम्रो लागि घरमा खाना पाक्दैनथ्यो । त्यसैले भोक मीठो कि भर्जन भन्दा भोकै मीठो भनेर हामी कपाकप खान्थ्यौ । दिनभरि जंगलको बास पछि ओरालो लाग्दै गरेको घाम र ढल्दै गरेको दिन हेर्दै हामी उकालो लाग्थ्यौ । 
हामीले दिन, महिना र वर्षलाई जति/जति निल्दै गयौ त्यो सब दिनचर्याहरू हामीबाट टाढा हुँदै जान थाले । पढ्न जान्नेहरू हामी माथि उक्लदै गयौ । नजान्नेहरूका लागि त्यही स्कुल उनीहरूको पेवा बन्यो । माथि उक्लदै जानेहरूले त्यो स्कुललाई त्यही छाडेर अर्को स्कुल भर्न जानु पर्‍यो । हाम्रो स्कुलहरू फरक/फरक बन्दै गए । जति/जति माथी गयो बढी दिनहरू खायो उति/उति उ बेलाका आदतहरू पछि पर्न थाले । भुराभरीबाट हामी जवान भयौ । त्यही टोलमा हामी अट्न छाड्यौ । कोही कता पढ्ने बहानामा, कोही कता रोजगारीको बहानामा । हाम्रो टिमलाई यसरी नै समयले तितरबितर बनायो । हाम्रा पाइलाहरू गन्तव्य खोज्न लाखापाखा लागे । 
आजको समय हिजोको जस्तो छैन । जब बालापनको 'म र आजको म' लाई जोडेर हेर्छु कैयन भिन्नताहरू पाउँछु । जीवनमा फटाईएका भोटाहरू सँगै थपिएका रहरहरूलाई पूर्णता दिने बहानाले मान्छेलाई कहाँदेखि कहाँ पुर्‍याउँदो रहेछ । आफू खाईखेली हुर्केको बस्ति, माटो र भुगोलभन्दा धेरै/धेरै टाढाको यात्रामा खटाउँदो रहेछ । साँच्चिकै समय नो काँधमा थपिएपछि समयले हामीलाई पछिरुकति बलवान र निष्ठुर छ । जिम्मेवारी आ पार्दोरहेछ । समय भागि रहन्छ हामी उस्लाई पछ्याई रहन्छौ । यति बेला हामी भन्दा समय बलियो भएको छ । 
मपनि रोजीरोटीको बहानाले रेगिस्तानतिर भासिएको वर्षौं भइसक्यो । म जस्तै बहानाका भारी खेप्दै कोही कता, कोही कता भौतारीदै होलान् । बालापनको दौतारी जिग्रीहरूलाई नभेटेको बर्षौ भइ सक्यो । आफु छुट्टि मनाउँन रेगिस्तानबाट गाउँ पुग्दा उनीहरू गाउँमा कहिले भेटिन । फलना देशमा, फलना ठाउँमा लाहुर खान गको छ । अस्ति या पोहोर आएर गयो भन्ने खवरहरू भेटेको छु । कयौ पटकको छुट्टीमा । नयाँ सालको बहानामा जम्मा भएर वनभोज नखाएको पनि जुगौ भयो । समय हाम्रो बसमा नभएपछिको नतिजा होला यो । हाम्रो बालपन र नयाँ वर्षहरू स्मृतिको क्यानभासमा उतारेर मनलाग्दी आकृति कोर्न र रंङ्गहरू पोत्न सिवाए अर्को विकल्प हामीसँग बचेको छैन । उसो र पो म हरेक नयाँ सालको पूर्व सन्ध्या छेका स्मृतिको क्यानभासमा बालापन र नयाँ वर्ष उतार्ने गर्छु ।

0 comments

Post a Comment